• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रियसभाका समितिहरुको सभापति भदौ ३ गते चयन हुने

kharibot

काठमाडौँ। राष्ट्रियसभाको विषयत समितिहरुको सभापति आगामी भदौ ३ गते चयन हुने भएका छन् । 

राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले भदौ ३ गते आइतबार समिति सभापति चयन गरिने बताए । 

सभापति चयनका लागि आजै सूचना प्रकाशन गर्न अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए । राष्ट्रियसभामा ४  वटा विषयगत समिति छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्। सभापति चयन नभएकाले अहिले समितिको जेष्ठ सदस्यले सभापतिको भूमिका निर्वाह गरिरहेका छन् । 

यस्तै, राष्ट्रियसभाको आज बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधयेक, वातावरण संरक्षण पहिलो संशोधन विधयेक, र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधयेक सर्वसम्मतीले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै