सिड्नी । स्कुल जाँदा होस् वा कतै यात्रा गर्दा होस्, अथवा बाटामा एक्लै हिँड्दा नै किन नहोस्, मानिसहरु कानमा इयरफोन राखेर एक्लै गुनगुनाइरहेका भेटिन्छन् । अझ कतिपय मानिसहरु त म्युजिक सुन्दै काम गरिरहेका समेत हुन्छन् ।
सामान्यतया मनोरञ्जक गीतहरु सुन्दा तपाईंको मुड (अवस्था) परिवर्तन हुन्छ, राम्रा गीतहरुले तपाईंलाई उत्साही बनाउँछ । यो त थाहा भएकै कुरा हो तर एक नयाँ अध्ययनका अनुसार भने यसले उत्साही मात्र बनाउँदैन, ह्याप्पी म्युजिकले तपाईंलाई सृजनशील बनाउने र तपाईंले कुनै पनि कठिन काम सजिलै गर्नसक्ने देखाएको छ ।
अध्ययनअनुसार अलगखाले सृजनशील समस्या समाधानको क्रममा अन्य अवस्थाभन्दा ह्याप्पी म्युजिक सुन्नेहरुको सृजनशीलताको तह नै एकदम उच्च रहने पाइएको हो । उक्त अध्ययनटोलीका एक सदस्य युनिभर्सिटी अफ टेक्नोलजी सिड्नीका साम फर्गुसनका अनुसार वर्तमान आविष्कारको गति दिइरहेको प्रविधिको कारण गीत÷संगीतको भूमिकालाई महत्वपूर्ण रुपमा लिइएको छ खासगरी काम गर्दाको समयमा । विशेष गरी यदि हामी धेरैभन्दा धेरै सृजनशील हुनचाहन्छौँ भने म्युजिकले हामीलाई मद्दत गर्ने उनको भनाइ छ ।
अध्ययनका लागि म्युजिका चार तह छानिएको थियो । तिनीहरुलाई फरक अवस्थाहरु शान्त, खुसी, बेखुसी र दिक्क लाग्ने विधाका म्युजिकहरुको प्रयोग गरिएको थियो ।