• २०८१ बैशाख ७ शुक्रबार

ओरालो लाग्दै चिनियाँ अर्थतन्त्र, अमेरिकासँगको व्यापारिक विवादले समस्या बढ्यो 

kharibot

बेइजिङ। पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ । 

बेइजिङ सामुन्ने सन्तुलन कायम गर्नुपर्ने परिस्थिति छ, वृद्धिका साधनहरुलाई लगानी र निर्यातमा मात्र केन्द्रित गर्नुको साटो वैयक्तिक उपभोगमा पनि लगाउनुपर्ने अवस्था छ । चीनका अघिल्तिर ऋणको पहाडसँग जुध्नुपर्ने चुनौती पनि उत्तिकै छ । 

अमेरिकासँगको व्यापारिक विवादले समस्यामाथि समस्या थपेको छ –– केही हप्तादेखि चिनीया मुद्रा युआन र बजार दुबै खस्किएका छन् । अमेरिकासँगको तनाबले निर्यातकर्तालाई राहत दिएपनि चिनीया उपभोक्ता मारमा परेका छन् । 

अमेरिकाले ३४ अर्ब डलरको चिनीया सामानमा गरेको करबृद्धि र त्यससँगै चीनले प्रतिशोधस्वरुप अमेरिकी सामानमाथि गरेको करबृद्धि जुलाईको सुरुदेखि प्रयोगमा आइसकेको छ । करबृद्धिका अरु थप घोषणा आगामी हप्ता पनि चालू रहने अनुमान गर्न थालिएको छ । 

चीनको तथ्याङ्क ब्यूरो (एनबीएस) का प्रवक्ता लिऊ आइहूले भनिन्, “यो द्वन्द्वको असर चीनमाथि कति पर्ला भन्ने अहिल्यै भन्न कठिन छ ।” गत साता जारी व्यापार तथ्याङ्कले जुलाईमा चिनीया निर्यातमा वृद्धि नभएको देखाएको छ । 

“नकारात्मक असरहरु विस्तारै देखिएलान्, अन्तर्राष्ट्रिय अर्थतन्त्र र विश्व अर्थतन्त्रमा परेका असर प्रकट हुन थालिसकेका छन्,” लिउले बताइन् । 

एनबीएसका अनुसार, कारखाना र वर्कसपको उपार्जन जुन महिनाकै दाँजोमा जुलाईमा ६.० प्रतिशतले वृद्धि भयो, तर यो तथ्याँक ब्लुमबर्ग न्यूजले गरेको प्रक्षेपणमा देखाइएको ६.३ प्रतिशत भन्दा केही कम हो । 

घरेलु उपभोगको मुख्य मापक खुद्रा बिक्रीमा जुलाईमा ८.८ प्रतिशतले वृद्धि भएको छ, तर यो जुनमा रहेको ९ प्रतिशतभन्दा कम हो । खुद्रा बिक्रीको लक्ष्य भने ९.१ प्रतिशत रहने अनुमान गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै