• २०८१ बैशाख १२ बुधबार

प्रयोगकर्तामाथि गुगलको खेलबाड : तपाईं कहाँ हुनुहुन्छ गुगलले जसरी पनि थाहा पाउँछ !

kharibot

तस्बीर : एपी

युरोप/अमेरिका । गुगलले तपाईंले भन्न नचाहे पनि तपाईंका हरेक मुभमेन्टहरु रेकर्ड गरिरहेको हुन्छ । एपीले गरेको एउटा अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो । धेरै गुगलका सेवा र एन्ड्रोइड डिभाइस तथा आईफोनहरुले तपाईंको लोकसन डाटाबारे रेकर्ड गरिरहेको हुन्छ । प्रयोगकर्ताले प्राइभेसी सेटिंगमा गएर कसैले पत्ता नलगाउने भने पनि गुगलले भने रेकर्ड गर्ने तथ्य पत्ता लागेको हो । 

प्रिन्सटर्नका कम्प्युटर साइन्स रिसर्चरहरुले एपीको रिक्वेष्टमा यी तथ्यहरुबारे स्वीकारेका हुन् । यद्यपि देखावटी रुपमा भने गुगलले हरेक प्रयोगकर्तासँग लोकेसन इन्फरमेसन प्रयोग गर्न अनुमति माग्ने गरेको छ । एउटा एप्लिकेसन जस्तै गुगल म्याप्सले प्रयोगकर्तासँग यस्तो अनुमति माग्छ । यदि प्रयोगकर्ताले यसको मञ्जुरी दिन्छन् भने गुगल म्याप्सले तपाईंका मुभमेन्टहरुको टाइमलाइन हिष्ट्री नै देखाइदिन्छ । 

त्यस्तै हरेक मिनेटका यात्रासम्बन्धी तथ्यले त प्रयोगकर्ताको प्राइभेसी जोखिम बढाउँछ । जस्तै प्रहरीले उक्त तथ्य हेरेर कुनै शंकास्पद व्यक्तिबारे सहजै जानकारी हासिल गर्न सक्छ । त्यही भएर कम्पनीले प्रयोगकर्तालाई ‘पज’ (स्थगन) सेटिंग उपलब्ध गराएको हुन्छ, जसलाई ‘लोकेसन हिष्ट्री’ भनिन्छ । 

गुगलले के पनि भन्छ भने तपाईं कहाँ हुनुहुन्थ्यो हामी त्यसको ख्याल नगर्ने प्रतिबद्धता जनाउँछौँ । गुगल्सको सपोर्ट पेजमा यसबारे भनिएको छ, ‘तपाईंले लोकेसन हिष्ट्री बन्द गर्न सक्नुहुन्छ चाहेको समयमा । योसँगै तपाईं जहाँ जानुहुन्छ ती कुराहरु यसमा समाविष्ट गरिनेछैन ।’ 

तर कम्पनीको उक्त कुरा झूटो हो । लोकेसन हिष्ट्री पजपछि पनि केही गुगल एपहरु स्वचालित रुपमा तपाईंलाई नसोधीकनै तपाईंको लोकेसन रेकर्ड गरिरहेका हुन्छन् । उदाहरणको लागि गुगलले तपाईं भएको स्थान र समयको स्न्यापशर्ट स्टोर गर्छ, जब तपाईं यसको म्याप एप खोल्नुहुन्छ । त्यस्तै एन्ड्रोइड फोनहरुमा स्वतन्त्र रुपमा हुने दैनिक मौसमी अपडेटहरुले नै तपाईंको लोकेसन पनि स्टोर गरिरहेको हुन्छ । त्यसैगरी तपाईंले सर्च गर्ने कतिपय कुराहरु जस्तै चकलेट चिप कुकिज वा किड्स साइन्स किट्स आदिले पनि ल्याटिच्युड र लंगीच्युडहरु तपाईंको गुगल एकाउन्टमा स्टोर गरिरहेको हुन्छ । 

यस किसिमका प्राइभेसीका मुद्दाहरुले करिब २ बिलियन डिभाइस प्रयोगकर्तालाई असर गरिरहेको हुन्छ, जुन डिभाइस गुगलको एन्ड्रोइड अपरेटिंग सफ्टवेयर र सयौँ मिलियन संख्याका आईफोन प्रयोगकर्ता जो नक्सा र खोजी (सर्च)को लागि गुगलमा निर्भर रहन्छन् । 

प्रिन्सटर्नका एक विज्ञका अनुसार लोकेसन स्टोर गर्नु त्यो पनि प्रयोगकर्ताको अनुमतिबेगर गैरकानुनी हो । उक्त प्रविधिज्ञको ल्याबका अर्का रिसर्चरले एपीले कतिपय एपमा पत्ता लगाएका तथ्यको पुनर्पुष्टि गरे । एपीले आफ्नै किसिमले उक्त अनुसन्धान गरेको थियो । यसमा धेरै आईफोनहरुमा अनुसन्धान गरिएको थियो । 

उनीहरुका अनुसार लोकसन अफ भनिसकेपछि पुनः प्रयोगकर्ताको गोप्य रुपमा लोकेसन स्टोर गर्नुहुँदैन । 

यता गुगलले भने आफू पूर्णरुपमा ‘क्लियर’ रहेको बताएको छ । धेरै तरिकाबाट गुगलले लोकेसन प्रयोग गर्नु मानिसहरुको अनुभवमा सुधार ल्याउनका लागि भन्दै उसले लोकेसन हिष्ट्री, वेब र एप एक्टिभिटी तथा डिभाइस लेभलमा हुने लोकेसन सर्भिसहरुबारे स्पष्ट रुपमा टुलहरुबारे वर्णन गरिने र प्रयोगकर्ताले चाहेमा ती सबै जतिबेला पनि डिलेट गर्न सकिने व्यवस्था गरिएको बताएको छ । प्रयोगकर्ताले उक्त कुराहरु स्टोर हुनबाट रोक्न अर्को सेटिंग समेत प्रयोग गर्न सक्ने गुगलको भनाइ छ । वेब एण्ड एप एक्टिभिटी भन्ने सेटिंग जसले धेरै प्रकारका सूचनाहरु जुन गुगल एप्स र वेबसाइट्सले प्रयोगकर्ताको गुगल एकाउन्टमा स्टोर गरिरहेको हुन्छ । 

त्यस्तै पज गर्दा उक्त एक्टिभिटी रेकर्ड नहुने पनि उसले बताएको छ । कम्पनीले यसो भनिरहँदा वेब एण्ड एप एक्टिभिटीमा रहेको लोकेसन हिष्ट्री अफ गर्दा पनि प्रयोगकर्ताको मुभमेन्ट टाइमलाइनमा हुनबाट रोके पनि यसले गुगलको लोकेसन मार्करहरु कलेक्सन गर्न भने रोक्न सक्दैन । प्रयोगकर्ताले यी मार्करहरु डिलेट गर्न त सक्छन् तर झञ्झटिलो प्रक्रियाले प्रयोगकर्तालाई हैरान पार्छ । 

प्रयोगकर्ताले स्टोर भएका लोकेसन मार्करहरु गुगल एकाउन्टको पेजमा पाउनसक्छन् । जस्तै माइएक्टिभिटी डट गुगल डटकममा । पछिल्लो समय प्रविधिसम्बन्धी ठूला कम्पनीहरु डाटा प्राक्टिसलाई लिएर अनुसन्धानमा तानिइरहेका छन् । फेसबुकको डाटा प्राइभेसी नियमहरुलाई लिएर युरोपमा फेसबुकको चर्को आलोचना भएको थियो भने गत वर्ष बिजनेस न्युज साइट क्वार्टजले गुगलले एन्ड्रोइड प्रयोगकर्ताबाट नजिकैका मोबाइल टावरहरु, लोकेसन अफ हुँदा पनि तथ्यांक संकलन गर्ने गरेको पत्ता लगाएको थियो । यद्यपि गुगलले यी कुरालाई अस्वीकार गर्ने गरेको छ । 

यता आलोचकले भने गुगलले आफ्नो विज्ञापनलाई फराकिलो पार्न यी तथ्यांक प्रयोग गर्ने गरेको आरोप लगाउँछन् । पप अप लगायतमा लोकेसन अफ गरे पनि डाटा संकलन कायमै रहन्छ भने यसलाई गुगलले प्रयोगकर्ताकै एक्टिभिटीको एउटा अंग भन्ने गर्छ । त्यस्तै वेब एण्ड एप एक्टिभिटी सेटिंगलाई रिएक्टिभेट गर्दा धेरै प्रयोगकर्तालाई असहज हुने गरी यो डिफल्ट रहेको अवस्थामा प्रयोगकर्ताले गुगल साइट्स, एप्स र सर्भिसहरु तथा लोकेसन जस्ता विभिन्न तथ्यांक सेभ गर्ने गर्छ । 

२०१४ देखि गुगलले विज्ञापनदातालाई अनलाइन एडहरु ड्राभिंग फुट ट्राफिकमा कत्तिको असरदार छन् भन्ने ट्राक गर्ने सुविधा दिएको छ । यो त्यस्तो फिचर हो जो गुगलले भनेअनुसार प्रयोगकर्ताको लोकेसन हिष्ट्रीमाथि पूर्णनिर्भर हुन्छ । 

अझ कम्पनीले त्यस्ता लोकेसन ट्राकिंगलाई एड रेभिन्यु ड्राइभतिर धकेलिरहेको छ । गुगलको मार्केटिंग लाइभ समिट जुन जुलाईमा भएको थियो, त्यहाँ गुगलका कार्यकारीहरुले एउटा टुल अनावरण गरेका थिए जसले व्यक्तिगत प्रयोग र घुम्ने साइटलाई ख्याल गरी विज्ञापन राख्न सकिन्छ । यसले प्रयोगकर्ताको लोकेसन हिष्ट्रीको आवश्यक रुपमै प्रयोग गर्छ । अझ गुगलले त विज्ञापनकै लागि माई एक्टिभिटीमा रेकर्ड भएका लोकेसनहरु प्रयोग गर्ने गरेको बताएको छ । यसमा खासगरी विज्ञापनदाताले उक्त विशेष लोकेसनमा लक्ष्य गरी विज्ञापन गर्न सक्छन् । 

द गार्जियनबाट भावानुवाद गरिएको ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै