• २०८१ बैशाख १४ शुक्रबार

भारतीय र पाकिस्तानी कैदी रिहा

kharibot

नयाँ दिल्ली । पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतीय कारागारमा कैदमा रहेका सात पाकिस्तानी कैदीलाई पाकिस्तानको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा रिहा गरी पाकिस्तान पठाइएको भारतीय गृह मन्त्रालयले जनाएको छ ।

गत हप्ता पनि १४ पाकिस्तानी माझीलाई जेलमुक्त गरी पाकिस्तान फर्काइएको पनि अधिकारीहरुले बताएका छन् छन् ।

पाकिस्तानले पनि सोमबार २७ जना माझीसहित ३० कैदीलाई पञ्जाबको सीमाक्षेत्र बग्गामा भारतीय अधिकारीहरुको जिम्मा लगाएका थियो ।

भारतको सर्वोच्च अदालतमा गत महिना सरकारले बुझाएको एक प्रतिवेदनअनुसार पाकिस्तानको जेलमा ४१८ माझीसहित ४७० कैदमा छन् ।

पाकिस्तान र भारतका माझीहरु गैरकानूनी रुपमा एकअर्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ पर्ने गरेका छन् । दुबै क्षेत्रका माझीहरुलाई दुई देशको सीमा जलक्षेत्रमा लगाइएको अन्तर्राष्ट्रिय सीमारेखाको कम ज्ञान हुनाले बारम्बार यस्ता गल्ती हुने गरेको पाइन्छ ।

भारतीय गृह मन्त्रालयका अनुसार यस वर्ष भारतले १७८ पाकिस्तानी कैदीलाई रिहा गरिसकेको छ ।

पाकिस्तानले पनि आफ्नो हिरासतमा रहेका १७४ भारतीय माझीसहित १७८ कैदीलाई यस वर्ष रिहा गरिसकेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै