• २०८१ बैशाख ७ शुक्रबार

नेपालसहित ८ देशमा ला लिगाका खेल प्रत्यक्ष प्रशारण फेसबुकमा मात्र हुने  

kharibot

काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनसहित आगामी तीन सिजनका खेल नेपाली दर्शकले टेलिभिजनमा हेर्न नपाउने भएका छन्। टेलिभिजनमा नभई अब ला लिगाका खेल फेसबुकमा हेर्न पाइने भएको हो।   

फेसबुकले नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तान गरी ८ देशमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारणको अधिकार लिएको छ। सोमबार फेसबुक र ला लिगासँग भएको सम्झौता अनुसार अब ला लिगाका खेलहरु फेसबुकमार्फत मात्र प्रत्यक्ष हेर्न पाइने भएको हो। नेपाल सहितका यी ८ देशमा फेसबुकका ३४८ मिलियन प्रयोगकर्ताहरु रहेको बताइएको छ।

ला लिगाका खेलहरु ला लिगाको अफिसियल फेसबुक पेजमा र क्लबका आ-आफ्ना फेसबुक पेजमा प्रत्यक्ष प्रशारण हुने बताइएको छ। साथै साप्ताहिक प्रिभ्यु, खेलपछिको हाइलाइट र खेलको विश्लेषण समेत उपलब्ध हुने बताइएको छ। 

ला लिगाका अध्यक्ष जाभियर टेबासले यो सम्झौता पछि पहिलो पटक यस क्षेत्रका फुटबलप्रेमीबीच ला लिगाप्रतिको आकर्षण झन् बढ्ने बताए। यो सम्झौतासँगै ला लिगाले आफ्ना दर्शकको दायरा बढाउन नयाँ प्लेटफर्ममा अफिलो पटक आएको छ।

साथै फेसबुकका ग्लोबल स्पोर्ट्स लाइभ प्रमुख पिटर हटनले तीन सिजनसम्म यसक्षेत्रका दर्शकले निशुल्क ला लिगा का खेल हेर्न पाउने भन्दै ला लिगाको यस क्षेत्रमा लोकप्रियता बढ्ने बताए।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै