• २०८१ बैशाख ८ शनिबार

विप्लवको बन्दमा बम आतंक : देशका विभिन्न ठाउमा बम फेला

kharibot

नेपाल बन्दको कारण मंगलबार बिहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित । नेकपा माओवादी विप्लप समूहले आफ्ना केन्द्रीय प्रवक्ता प्रकाण्डलगायतका नेतालाई विनाकारण पक्राउ गरेको भन्दै नेपाल बन्दको आह्वान गरेको हो । तस्वीर : प्रेमनारायण आचार्य, अर्घाखाँची, रासस

काठमाण्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा विभिन्न ठाउमा बम विष्फोट गराइएको छ। 

मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ भने भक्तपुरका दुई स्थानमा राखेको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । अरनिको सडकखण्ड अन्तर्गत सुर्यविनायक काँल्हाचास्थित सडक किनारमा र मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित ६ लेन सडकको सर्भिस ट्रयाकमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो ।

ललितपुरको रिङरोड क्षेत्रका चार स्थान मध्ये ग्वार्को्स्थित गुण सिनेमा नजिकै र बटुकी भैरम मन्दिर अगाडि राखेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।

त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना २ ख २५४८ नम्बर र पराल बोकेको ना २ ख ८४८७ नम्बरको गाडिमा आगजनी गरेको हो । सोमबार राति १ बजेतिर मुख छोपेर आएका ४ जनाले गाडिमा आगजनी गरेर भागेका थिए।

प्रहरीको सीसीटीभीमा आगजनी गर्नेहरुको गतिबिधि देखिएपछि तत्काल पुगेको प्रहरीले नारायणी नदी किनारमा ट्रक लगेर दमकलको सहयोगबाट आगो निभाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । प्रहरीको सक्रियताकाले दुवै ट्रकको इन्जिन जोगिएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैनामा रहेको तुल्बुलीया पुलमा भेटिएको विष्फोटक पदार्थ सेनाको डिष्पोजल टोलीले डिष्पोज गरेको छ । यसअघि सोमबार साँझ बुटवलस्थित भारतीय पेन्सन क्याम्पमा विष्फोट भएको थियो । यस्तै बुटवल, तिलोत्तमा, देवदह लगायतका क्षेत्रमा समेत शंकाष्पद वस्तु भेटिएको छ ।

त्यस्तै बाजुराको मार्तडीस्थित जिल्ला बडिमालिका नगरपालिकाको गेटमा पनि शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको गेटमा राखिएको कालो झोलाभित्र टिनको डिब्बामा शंकास्पद बस्तु फेला परेको हो ।

त्यस्तै काठमाडौंकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेकाे छ । चन्द्रागिरि नगरपालिकाकाे बाडभञ्ज्याङ्ग २ महाशक्ति पेट्रोल पम्प नजिकै र सतुङ्गलकाे सिप्रदी नजिकै भेटिएकाे प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेकाे हाे।

बन्दका क्रममा बम बम आतंक भएपनि काठमाडौँ उपत्यकामा यातायात भने सुचारु रहेका छन् तर विद्यालय भने पूर्णरुपमा बन्द रहेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै