• २०८१ बैशाख ११ मंगलबार

आज पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस 

kharibot

काठमाडौं । पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा मंगलबार काठमाडौँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । 

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश बाचन गरे । 

समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव अमजद हुसैन बी सियाललगायत काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति थियो । अगष्ट १८ मा सलमान खानले पाकिस्तानको प्रधानमन्त्री पदका लागि शपथ ग्रहण गर्दै छन् ।

पाकिस्तानको नयाँ कप्तान इमरान खान 

क्रिकेटरबाट प्रधानमन्त्रीको पदसम्म पुग्न सफल इमरान खानले त्यस्तो पाकिस्तानलाई सुधार्ने जिम्मा पाएका छन्।  उनले आगामी अगस्ट १८ मा प्रधानमन्त्री पदको शपथ खादै छन्। 

हाल पाकिस्तान ऋणमा चुर्लुम्म डुबेको छ । उसले आफ्नो रित्तिएको ढुकुटी भर्न पुनः इस्लामिक डेभलपमेण्ट बैंकसँग चार अर्ब डलर ऋण लिने विचार गर्दै छ । बीबीसीका अनुसार इस्लामिक डेभलपमेण्ट बैंक ऋण दिन तयार भइसकेको छ । बैंकले इमरान खानको शपथ ग्रहणलाई पर्खिरहेको छ ।  

तर, यतिले मात्र पाकिस्तानको समस्या हल हुँदैन । पाकिस्तानलाई यस आर्थिक वर्षमा करीब २५ अर्ब डलर आवश्यक छ । इमरान खानको अगाडि सत्तामा आउने बित्तिकै पाकिस्तानको अर्थतन्त्र सन्तुलित राख्ने ठूलो चुनौती खडा हुनेछ । 

यही हप्ता इमरान खान सरकारको अर्थमन्त्रालय सम्हाल्ने जिम्मा पाएका असद उमरले भनेका छन्, ‘स्थिति निकै डरलाग्दो छ, पाकिस्तानको केन्द्रीय बैंकसँग जम्मा १० अर्ब डलर छ, कतैबाट ८, ९ अर्ब डलर ऋण पाए पनि हाम्रो आवश्यकता अझै पूरा हुँदैन । पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिने पनि विचार गरिरहेको छ । तर, यो त्यति सहज भने छैन । कोषले पाकिस्तानसँग हालसम्म उसले लिएको ऋणको पूर्ण तथ्याङ्क माग्न सक्छ जुन अहिलेसम्म पाकिस्तानले गोप्य राखेको छ । चीनले चाइना–पाकिस्तान इकोनोमिक करिडोरअन्तर्गत पाकिस्तानमा कति लगानी गरेको छ भन्ने तथ्य खुलाउन चाहेको छैन । त्यस्तै, अमेरिकाले पनि पाकिस्तानलाई अमेरिकी डलर ऋण नदिन कोषलाई चेतावनी दिएको छ । हाल तेलको भाउ बढ्नाले पनि उसले लिएको ऋण सबै तेल खरीदमा नै सकिने देखिएको छ । 

पछिल्लो समय पाकिस्तानको अर्थतन्त्र चारैतिरबाट समस्याले घेरिएको छ । पछिल्लो सात महिनामा अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपियाको भाउ २० प्रतिशत घटिसकेको छ । चुनावभन्दा अगाडी प्रतिडलर पाकिस्तानी मुद्राको भाउ १३० सम्म पुगे पनि हाल केही सुधारिएर १२२ मा आएको छ । हाल पाकिस्तानको आयात तीव्रगतिमा बढिरहेको छ भने निर्यात त्यतिकै मात्रामा घटिरहेको छ । पाकिस्तानको कुल गार्हस्थ्य उत्पादन ५.७९ प्रतिशत बढे पनि चालू खाता घाटा बढेर १८ अर्ब डलर पुगेको छ । पाकिस्तानले आगामी १२ महिनामा ८ अर्ब डलर ऋण चुक्ता गर्नुपर्नेछ । 

जब नवाज सरिफ सत्ताबाट हटे, त्यसपछि विदेशी कम्पनीले पाकिस्तान पुनः राजनीतिक समस्यामा जेलिएको अनुमान गरे । यही कारण पाकिस्तानको अर्थतन्त्र अस्तव्यस्त बनेको विश्लेषकहरुको अनुमान छ । त्यस्तै, पाकिस्तानको व्यापार घाटाको लागि चीन पनि प्रमुख कारक भएको बताइएको छ । पाकिस्तानले चीनबाट जति आयात गरेको छ, त्यसको तुलनामा उसले निर्यात गरेकै छैन भने हुने स्थिति छ । 

यस्तो अवस्थामा पाकिस्तानलाई उठाउन खानले धेरै सङ्घर्ष गर्नुपर्ने देखिन्छ । यद्यपि, पाकिस्तानी जनता, स्वदेशी तथा विदेशी लगानीकर्ता र अन्य मुलुकले पनि इमरान खान पाकिस्तानलाई समस्याबाट मुक्त गर्न सफल हुनेछन् भनी धेरै आश गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै