• २०८१ बैशाख ६ बिहीबार

पृथ्वीको आकाशगंगामा 'सुपरम्यासिभ ब्ल्याकहोल'

kharibot

तस्बिर : नासा

अमेरिका/जापान । जापानका खगोलविद्हरुले तारामण्डलमा सम्भावित ब्ल्याकहोल पत्ता लगाएका छन् । उनीहरुका अनुसार सुपरम्यासिभ ब्ल्याकहोलको विकासको मुख्य सम्बन्धको रुपमा उनीहरुले यसलाई लिएका छन्, जुन सैद्धान्तिक रुपले भनिँदै आए पनि आधिकारिक रुपले पत्ता लागेको थिएन ।  मध्यमखालको ब्ल्याकहोलहरुलाई विश्वब्रह्माण्डीय विकासको सम्बन्धसेतुका रुपमा पनि लिइन्छ ।

साइन्स म्यागजिनका अनुसार यी ब्ल्याकहोलहरु पत्ता लगाउन कठिन हुने गर्छ किनभने यिनीहरुसँग आफ्नै प्रकाश हुँदैन । तर अन्य वस्तुको आधारमा पत्ता लगाउन भने सकिन्छ । यद्यपि यी ब्ल्याकहोलको ठोस प्रमाण भने पाउन बाँकी नै छ ।

नेचर एस्ट्रोनमीमा प्रकाशित अध्ययनअनुसार गत वर्ष जापानको योकोहामामा रहेको केइयो विश्वविद्यालयका वैज्ञानिकहरुले हाम्रो तारामण्डलको केन्द्रनजिकै ग्यासको अनौठो पारमाणविक बादल रहेको पाएका थिए । त्यसमा ठूलो र फराकिलो क्षेत्रसम्म उक्त ग्यास बादलको हलचल पत्ता लागेको थियो । जसको आधारमा वैज्ञानिकहरुले उक्त बादलपुञ्जलाई एक लाख सूर्यभन्दा ठूलो आकारको ब्ल्याकहोल मानेको साइन्समा रिपोर्ट गरिएको छ ।

  • पृथ्वीको आकाशगंगालाई 'मिल्की वे' भनिन्छ । सबैभन्दा ठूला ब्ल्याकहोलहरुलाई सुपरम्यासिभ ब्ल्याकहोल भनिन्छ । यो सुपरम्यासिभ ब्ल्याकहोल एक लाख सूर्यबराबरको हुन्छ । वैज्ञानिकहरुका अनुसार हरेक ग्यालेक्सी (आकाशगंगा)को मध्यविन्दुमा एउटा सुपरम्यासिभ ब्ल्याकहोल रहेको हुन्छ । मिल्की वे ग्यालेक्सीको केन्द्रमा पनि सागिटारिअस ए नामको सुपरम्यासिभ ब्ल्याकहोल रहेको वैज्ञानिकहरुको कथन छ । यसभित्र थुप्रै लाख पृथ्वीहरु अटाउनसक्छन् ।

त्यसपछि अनुसन्धाताहरुले ग्यासको अध्ययनलाई निरन्तरता दिँदै जाँदा त्यहाँ रेडियो तरंग पत्ता लागेको थियो जुन सागिटारिअस एजस्तै मिल्दोजुल्दो रहेको थियो । त्यो रेडियो स्रोत नै सुपरम्यासिभ ब्ल्याकहोल रहेको बताइएको छ । उक्त ब्ल्याकहोल मिल्की वेको बीचमा रहेको मानिएको छ तर एकदमै पाँच सय पटक कम प्रकाश दिने खालको ।

सागिटारिअस ए र नयाँ पाइएको ग्यासबीचको समानताले उक्त ग्यास आईएमबीएच अर्थात् इन्टरमिडियट म्यासिभ ब्ल्याकहोल नै भएको पुष्टि गर्छ । विश्वब्रह्माण्डको मुख्य भागमा लाख सूर्यभन्दा ठूलो ब्ल्याकहोल लुकेर रहेको उक्त अध्ययनमा बताइएको छ । यद्यपि यी ब्ल्याकहोलको उत्पत्तिकथा भने अहिलेसम्म पत्ता लाग्नसकेको छैन । सैद्धान्तिक अध्ययनहरुले मिल्की वेमा एक सय मिलियनदेखि एक बिलियनसम्म ब्ल्याकहोलहरु रहेको अनुमान गरेको छ । यद्यपि मात्र ६० ब्ल्याकहोलमात्रै अहिलेसम्म पहिचान गरिएको छ । खगोलविद्हरुले उक्त ग्यासबारे थप अनुसन्धान गरिरहेका छन् । 

के हो मिल्की वे ?

मिल्की वे भनेको आकाशगंगा हो । जसले पृथ्वीको सौर्यव्यवस्था समावेश गर्छ । पृथ्वीबाट रातको समयमा आकाशमा देखिने ताराहरुको बाक्लो समूह, जसलाई नांगो आँखाले देख्न सकिँदैन । वैज्ञानिक ग्यालिलियो ग्यालिलीले प्रकाशको फित्ताजस्तो देखिने ताराहरुको पुञ्जबारे सन् १६१० मा आफ्नो टेलिस्कोपबाट समाधान निकालेका थिए । त्यतिबेलासम्म प्रायः मानिसहरु त्यही मिल्की वेले सबै विश्वब्रह्माण्डीय ताराहरु समेटेको विश्वास गर्दथे । तर १९२० मा अन्तरिक्षयात्रीहरु हार्लो शेपले र हेबर कर्टिसबीच ठूलो विवाद भयो भने एडविन हब्बलले सोही विवादका बीच मिल्की वे भनेको विश्व ब्रह्माण्डमा भएका धेरै ग्यालेक्सी(आकाशगंगा)मध्ये एक रहेको निष्कर्ष निकालेका थिए ।

मिल्की वे तारा नै ताराहरु एक लाखदेखि एक लाख ८० हजार प्रकाशवर्षको व्यास (मोटाइ)मा गुडुल्किएको आकाशगंगा हो । यसभित्र कम्तीमा पनि एक सयदेखि चार सय बिलियन ताराहरु रहेको अनुमान गरिएको छ । मिल्की वेमा कम्तीमा पनि एक बिलियन ग्रहहरु रहेको वैज्ञानिकहरु बताउँछन् । हाम्रो सौर्यप्रणाली मिल्की वेभित्र गालाक्टिक सेन्टरबाट २६ हजार प्रकाशवर्ष टाढा रहेको मानिन्छ । गुजमुज्ज आकारमध्येको एक भित्री भाग जहाँ ग्यास र धूलो रहेको छ । यसलाई ओरियन आर्म पनि भनिन्छ । यसको भित्री भागलाई एउटा इन्टेन्स रेडियो सोर्सले घेरेको छ, जसलाई सागिटारिअस ए भनिन्छ र त्यसैलाई सुपरम्यासिभ ब्ल्याक होल भन्ने गरिन्छ ।

  • माथिको तस्बिरमा रातको समयमा देखिएको मिल्की वेको गालाक्टिक सेन्टर । तस्बिर  : विकिपेडिया

के हो ब्ल्याकहोल ?
ब्ल्याकहोल भनेको अन्तरिक्षमा रहेको ठाउँ हो जहाँ गुरुत्वाकर्षण बलले सबै कुराहरु आफूतिर तान्छ । ब्ल्याकहोलमा पसिसकेपछि प्रकाश पनि बाहिर आउन पाउँदैन । यसमा गुरुत्व बल एकदमै बलियो हुन्छ किनभने एउटा सानो स्पेसमा वस्तुहरु खाँदिएर रहेका हुन्छन् । मानिसहरुले ब्ल्याकहोल देख्न सक्दैनन् । तिनीहरु अदृश्य हुन्छन् । विशेष क्षमतायुक्त कुराहरु जडान गरिएको अन्तरिक्ष टेलिस्कोपले मात्रै ब्ल्याकहोल पत्ता लगाउन सक्छन् । त्यस्ता विशेष कुराहरुले ताराहरु जो ब्ल्याकहोल नजिकै रहेका हुन्छन्, तिनले अन्य ताराहरुले भन्दा भिन्न संकेतहरु देखाउँछन् ।

कति ठूला हुन्छन् ब्ल्याकहोलहरु ?
ब्ल्याकहोलहरु ठूला र साना दुवै खाले हुनसक्छन् । वैज्ञानिकहरुका अनुसार सानामा यतिसम्म साना हुन्छन् कि एउटा अणुजत्रा पनि ब्ल्याकहोल हुनसक्छन् । यिनीहरु एकदमै साना हुने भए पनि ठूला पर्वतहरुको समूहहरु यसभित्र हुनसक्छन् । अर्को खाले ब्ल्याकहोललाई स्टेलार भनिन्छ । यसको समूह सूर्यभन्दा २० समय ठूला हुन्छन् ।

मिल्की वे ग्यालेक्सीको केन्द्रमा रहेको सागिटारिअस ए नामको सुपरम्यासिभ ब्ल्याकहोल । स्रोत : नासा


पृथ्वीको आकाशगंगामा धेरै स्टेलारहरु रहेको अनुमान गरिएको छ । पृथ्वीको आकाशगंगालाई मिल्की वे भनिन्छ । सबैभन्दा ठूला ब्ल्याकहोलहरुलाई सुपरम्यासिभ ब्ल्याकहोल भनिन्छ । यो सुपरम्यासिभ ब्ल्याकहोल एक लाख सूर्यबराबरको हुन्छ । वैज्ञानिकहरुका अनुसार हरेक ग्यालेक्सी (आकाशगंगा)को मध्यविन्दुमा एउटा सुपरम्यासिभ ब्ल्याकहोल रहेको हुन्छ । मिल्की वे ग्यालेक्सीको केन्द्रमा पनि सागिटारिअस ए नामको सुपरम्यासिभ ब्ल्याकहोल रहेको वैज्ञानिकहरुको कथन छ । यसभित्र थुप्रै लाख पृथ्वीहरु अटाउनसक्छन् । यो चार मिलियन सूर्यहरुको थुप्रो बराबरको रहेको वैज्ञानिकहरुको स्वीकारोक्ति छ ।

ब्ल्याकहोल कसरी बन्यो ?
वैज्ञानिकहरुका अनुसार सबैभन्दा सानो ब्ल्याकहोल संसार बन्दादेखि नै सुरु भयो । स्टेलार ब्ल्याकहोलहरुचाहिँ एकदमै ठूला ताराहरुको केन्द्रहरु आफैँमाथि खप्टिनथाले । यस्तो प्रक्रियाले सुपरनोभा हुन्छ । खास गरी अन्तरिक्षमा ताराहरुको विस्फोटनले अन्य ताराका भागहरु चोइट्याउने प्रक्रियालाई सुपरनोभा भनिन्छ । आकाशगंगा (ग्यालेक्सी)सँगै सुपरम्यासिभ ब्ल्याकहोल पनि बन्दै गएको हुनसक्ने वैज्ञानिक मत रहेको छ । जब एउटा ब्ल्याकहोल र एउटा तारा संगै हुन्छन्, त्यहाँ उच्च शक्तियुक्त प्रकाश बन्छ । तर त्यसलाई मानवीय आँखाले देख्न सक्दैन । वैज्ञानिकहरुले भने स्याटेलाइट र टेलिस्कोपले अन्तरिक्षबाट त्यस्तो उच्च शक्तियुक्त प्रकाश देख्न सक्छन् ।

के ब्ल्याकहोलले पृथ्वीको विनाश गर्छ ?
अन्तरिक्षमा ब्ल्याकहोलहरु तारा, चन्द्रमा र ग्रहहरु निल्दै हिँड्दैन । वैज्ञानिकहरुका अनुसार पृथ्वी ब्ल्याकहोलमा कहिल्यै खस्दैन किनभने हाम्रो सौर्यप्रणाली नजिक कुनै पनि ब्ल्याकहोल छैनन् । यति हुँदाहुँदै पनि यदि सूर्यकै आकारको ब्ल्याकहोल भए पनि पृथ्वी त्यसमा खस्दैन किनभने सूर्यको जस्तै ब्ल्याकहोलको पनि उही क्षमताको गुरुत्वाकर्षण बल हुन्छ भने पृथ्वी र अन्य ग्रहको पनि नक्षत्रमार्ग सूर्यको जस्तै छ । सूर्य कहिल्यै ब्ल्याकहोलमा परिवर्तन पनि हुनसक्दैन । किनभने सूर्य आफैँमा ब्ल्याकहोल हुनसक्ने तारा होइन ।

(स्रोत- नासा), (फक्स न्युज डटकम) र विकिपेडियाबाट भावानुवाद गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै