• २०८१ बैशाख ७ शुक्रबार

भदौ १ गतदेखि बिरामी नजाँच्ने डाक्टरहरुको चेतावनी 

kharibot

काठमाडौं।  नेपाल चिकित्सक संघले भदौ १ गतदेखि डाक्टरहरुले बिरामी नजाँच्ने चेतावनी दिएको छ । 

सरकारले मुलुकी ऐन, अपराध संहिता २०७४ र फौजदारी कार्यविधिमा चिकित्सकलाई अपराधीको व्यवहार गरेको भन्दै संघले भदौ १ गतेदेखि सबै चिकित्सकले एप्रोन र प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिएको छ । 

सोमबार विज्ञप्ति निकालेर चिकित्सक संघले उपचारको क्रममा कुनै त्रुटी हुन गएमा पनि चिकित्सकलाई अपराधीसरह कारबाही हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको हो । 

संघले चिकित्सक पेशाको इज्जत राखिदिन पनि सरकारसँग आग्रह गरेको छ । यो व्यवस्था नसच्चिएसम्म कुनै पनि चिकित्सकले बिरामीको उपचार गर्न नसक्ने चिकित्सक संघको चेतावनी छ । 

नयाँ मुलुकी ऐन भदौ १ गतेदेखि लागु हुँदैछ । जसमा डाक्टरको लापर्वााहीले बिरामीको ज्यान गएमा ५ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै