• २०८१ बैशाख १३ बिहीबार

प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश 

kharibot

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन निर्देशन दिएको छ ।

हाल प्रहरी हिरासतमा रहेका प्रकाण्डले चन्दा उठाएको आरोपमा पक्राउ परेका थिए भने उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

 चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै