• २०८१ बैशाख १२ बुधबार

सेयर बजारमा झण्डै ११ अंकको बृद्धि, कारोवार रकम भने अघिल्लो दिनको तुुलनामा घट्यो

kharibot

काठमाडौं। यसअघि लगातार घट्दै आएको सेयर बजारमा साताको दोस्रो कारोवार दिन आज सोमबार भने सुधार आएको छ ।

सेयर बजार परिसुचक आज १० दसमलव ४३ अंकले बढेर ११ स.य  ७४ दसमलव ३७ बिन्दुुमा चढ्दा सेन्सिटिभ पनि दुुई दसमलव २४ अंकले बढेर दुई सय ४७ दसमलव ९४ बिन्दुुमा चढेको छ । कुुल एक सय ५७ कम्पनीहरको तीन हजार एक वटा कारोवारमा पाँच लाख ३३ हजार चार सय ९२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिेमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम १६ करोड ९६ लाख ६१ हजार चार सय ३१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार हुुंदा होटल समुहको सुचक सामान्य अंकले घटेर बाँकी नौ वटा समुहको सुचकमा सुधार आएको छ । बाँणिज्य बैक समुहको सुचक सात दसमलव ५४ ंअंकले बढेर एक हजार पाँच दसमलव ४९ बिन्दुुमा चढ्दा छ करोड ५१ लाख ७८ हजार दुुई सय रुपैयाँ सेयर खरिद बिक्री भएको छ । बिकास बैैक समुहको सुचक १६ दसमलव २२ अंकले बढेर १४ सय २० दसमलव १७ बिन्दुुमा चढ्दा एक करोड छ लाख १२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि आज तीन दसमलव ९८ अंकले बढेर १३ सय ८९ दसमलव ३६ बिन्दुमा चढ्दा एक करोड १४ लाख ४९ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज निर्जिवन बीमा, जीवन बीमा फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि उच्च बिन्दुुले सुधार आएको छ । सेयर बजारमा सुधार आउँदा आज नौ वटा समुहको सुचक हरियो देखिएको छ भने होटल समुहको सुचक घटेर रातो देखिएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्स बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ चार पैसाले बढेर आठ सय २० रुपैयाँमा कारोवार भएको छ भने गुुमाउने कम्पनीको सुचीमा परेको सर्पोट माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९१ पैसाले घटेर नौ सय २७ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ४७ रुपैयाँमा एक एक करोड २० लाख ६४ हजार आठ सय ७८ रुपैयाँको सेयर कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै