• २०८१ बैशाख १३ बिहीबार

यातायातका इन्जिनियर घुससहित पक्राउ 

kharibot

रुपन्देही। यातायात व्यवस्था कार्यालय, बुटवल रुपन्देहीमा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार साह घुस रकम सहित पक्राउ परेका छन्।

शाहले नयाँ सवारी (लोडर) दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बाहनामा घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले निजलाई रु.२०,०००।– (बीस हजार) घुसवापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट सोमबार पक्राउ गरेको अख्तियारले जनाएको छ।

शाहलाई नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै