• २०८१ बैशाख ८ शनिबार

गायक दीपक बज्राचार्यको ''मनमगन'' अब विभिन्न भाषामा 

kharibot

काठमाडौँ। लोकप्रिय पप गायक दीपक बज्राचार्यको ''मनमगन'' गीतले पछिल्लो समय धेरै राम्रो चर्चा पार्यो । ''मनमगन''   सफलता पश्चात गायक बज्राचार्यको  सोही गीतलाइ अब विभिन्न भाषामा पनि सुन्न र हेर्न सकिने भएको छ । केहिदिन अघिमात्र ''मनमगन''  नेपाल भाषामा पनि सार्वजनिक गरिएको छ भने चाँडै नै हिन्दी र अन्य भाषामा समेत रिलिज गर्ने उनको तयारी छ ।

गायक  बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्ने भएको छ । यसकालागि लाग्ने सबै खर्च डिजिट्युनले नै व्यहोर्नेछ । यसरी नेपाली कलाकारको लोकप्रिय गीतलाई हिन्दी भर्सनमा प्रबर्धन तथा प्रचारप्रसारका लागि करोडौंको लगानी गर्नु नेपाली संगीतकर्मी तथा संगीत प्रेमीहरुका लागि खुशीको कुरा हो । नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमहरुबाट प्रचार  प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय भएको सरोकारवालाहरुले बताए ।

संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौ ,संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन । 

८ वर्ष अघि पनि उनले क्रीम अफ रीदम अभियान अन्तर्गत  मौलिक बाजाहरुको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरु समावेश गरी 'मेड्ली' रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रीम अफ रीदम ले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै संसारलाई सुनाउने र नेपाली बाजाको तालमा संसारलाई नचाउने अभियानलाई अघि बढाउँदै आएको छ । ''मनमगन''लाई विश्वब्यापी बनाउन तीन महिनासम्म युरोप, अमेरिका, अष्ट्रेलिया, कोरियामा लगायतका देशमा सागीतिक कार्यक्रम गर्न लागेका पपगायक बज्राचार्य अहिले युरोपको सांगीतिक टुरमा छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै