• २०८१ बैशाख १३ बिहीबार

भेट्रान कप फुटबल सुरु

kharibot

काठमाडौँ  । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदै छ ।

प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिए । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रू. १ लाख र उपविजेताले रू. ५० हजार पुरस्कार पाउनेछन् । खेल चाबहिलस्थित गणेशस्थानमा हुनेछ ।

एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्ले प्रतियोगिताको प्रायोजन गरेको छ । प्रतियोगिता आगामी भदौ २ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत सोमबार दुईवटा खेल हुँदै छन् । पहिलो खेल कलाकार भेट्रान र सजनस्मृति तथा दोस्रो खेल बनेपा र तुसालबीच हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै