• २०८१ बैशाख १३ बिहीबार

रोनाल्डोले गरे युभेन्टसका लागि डेभ्यु गोल

kharibot

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि डेभ्यु गोल गरेका छन्।  

गएराती भएको युभेन्टस अन्डर १९ सँगको मैत्रीपूर्ण खेलमा रोनाल्डोले युभेन्टसको सिनियर टिमबाट युभेन्टसका लागि पहिलो सहभागिता जनाउदै युभेन्टसका लागि आफ्नो पहिलो गोल गरेका छन्। 

रोनाल्डोलाई हेर्न र भेट्न फ्यानहरुको भिड लागेको सो खेलमा खेलको ७०औ मीनेटमा फ्यानहरु मैदानमा प्रवेश गरेपछि खेल नै रद्ध गर्नु परेको थियो।

रोनाल्डोले खेलको १०औ मिनेटमा गोल गर्दै युभेन्टसमा आफ्नो खाता खोलेका छन्। युभेन्टसका फ्यानहरु मैदानमा पुगेर कसैले फोटो खिचाइरहेका थिए भने कसैले रोनाल्डोलाई समातेर हिडिरहेका देखिन्थे। 

युभेन्टसको सिजन सुरु हुनु अघि प्रत्येक बर्ष हुने यस खेलमा धेरै जसो फ्यानको अवरोधका कारण पूराक हेल हुन् नपाउने इतिहास रहेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै