• २०८१ बैशाख ८ शनिबार

नेइमारको गोलसँगै लिग वानमा पिएसजीको विजयी सुरुवात 

kharibot

काठमाडौँ।  फ्रेन्च लिग वानमा पिएसजीले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा पिएसजीले काएन क्लबलाई ३-० ले पराजित गर्दै सिजनको उत्कृष्ट सुरुवात गरेको हो।  

पिएसजीको जितमा नेइमार, एड्रियन राबिओट र टिमोथी विहले गोल गरेका थिए।  विश्कपका हिरो किलियन एम्बाप्पे र एडिसन कभानी अनुपस्थित रहेको खेलमा नेइमारले खेलको १०औ मिनेटमा नै गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३५औ मिनेटमा राबिओटले गोल गरे भने खेलको ८९औ मिनेटमा टिमोथीले गोल गर्दै पिएसजीलाई ३-० को जित दिलाएका थिए। 

यस खेलमा गोल गर्दै नेइमारले लिग वानमा २१ खेलमा २० गोल गरेका छन् भने गियाँ लुइगी बुफान पिएसजीका लागि लिग वान खेल्ने सबै भन्दा बढी उमेरका खेलाडी बनेका छन्। बुफानले ४० बर्ष ६ महिना हुदा पिएसजीका तर्फबाट खेल्दै सो रेकर्ड बनाएका हुन्।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै