• २०८१ बैशाख ८ शनिबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात, आर्सनलमाथि २-० को जित 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको छ।  गएराती भएको खेलमा सिटीले आर्सनललाई २-० ले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।  सिटीको जितमा रहिम स्टरलिङ र बेर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए।  

खेलको १४औ मिनेटमा स्टरलिङले गोल गर्दै सिटीलाई  दिलाएका थिए भने सिल्भाले खेलको ६४औ मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए। यस गोलसँगै स्टरलिङले प्रिमियर लिगमा आफ्नो ५०औ गोल पुरा गरेका छन्।

गत सिजनको लिग विजेता सिटी यस सिजनमा पनि लयमा देखिएको छ।  चेल्सीलाई पराजित गरेर कम्युनिटी सिल्ड जितेको सिटीले पहिलो खेलमा नै आर्सनललाई पराजित गरेर सिजनको उत्कृष्ट सुरुवात गरेको छ।

म्यानचेस्टर सिटी प्रिमियर लिगका पछिल्ला १० ओपनिङ खेलमा अपराजित बनेको छ जसमा ९ जित र एक बराबरी सामेल छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै