• २०८१ बैशाख ८ शनिबार

स्पेनिस सुपरकोपाको उपाधि बार्सिलोनाले जित्यो, डेम्बेलेले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ।  स्पेनिस सुपरकोपाको उपाधि बार्सिलोनाले जितेको छ।  गएराती भएको सुपरकोपाको फाइनल खेलमा बार्सिलोनाले सेभिल्लालाई २-१ ले पराजित गरेको छ।  

बार्सिलोनाको जितमा जेरार्ड पिके र ओसमान डेम्बेलेले गोल गरेका थिए भने बार्सिलोनाका गोल किपर मार्क एन्द्रे टेर स्टेगनले पेनाल्टी बचाएका थिए। त्यस्तै सेभिल्लाका लागि पाब्लो सर्बियाले एक गोल गरेका थिए। 

सुपरकोपाको रोमान्चक खेलमा बार्सिलोना विजयी भएको हो।  खेलको ९औ मिनेटमा सेभिल्लाका सर्बियाले गोल गर्दै सुरुवाती अग्रता लिएको खेलमा खेलको ४२औ मिनेटमा पिकेले गोल गर्दै खेल १-१ गोलको बराबरी गरेका थिए। त्यसपछि खेलको ७८औ मिनेटमा लियोनेल मेसीको असिस्टमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए।  

तर खेलको अन्तिम मिनेटमा सेभिल्लाले पेनाल्टी पाए पछि खेल थप रोमान्चक मोडमा पुगेको थियो।  तर सेभिल्लाका बेन येडरले हानेको पेनाल्टी बार्सिलोनाक गोलकिपर स्टेगनले रोकिदिएपछि खेल बार्सिलोनाले जितेको थियो। 

जितसँगै बार्सिलोनाले आफ्नो नयाँ सिजनको सुखद सुरुवात गरेको छ।  बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि १३औ पटक जितेको छ जुन कुनै पनि स्पेंसी टिमले जितेको धेरै पटक हो। त्यस्तै बार्सिलोना पछिल्लो १० सिजनमा ९ पटक सुपरकोपा खेलेको छ जसमा ६ पटक उपाधि जितेको छ।  त्यस्तै मेसीले बार्सिलोनामा आफ्नो क्यारियरको ३३औ उपाधि जितेका छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै