• २०८१ बैशाख १३ बिहीबार

प्रिमियर लिगमा लिभरपुलले उत्कृष्ट सुरुवात, साडियो मानेले गरे २ गोल 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा लिभरपुलले उत्कृष्ट सुरुवात गरेको छ। 

आइतबार वेस्टह्यामसँगको खेलमा ४-० को जित निकाल्दै यस सिजनको शानदार सुरुवात गरेको हो।  लिभरपुलको जितक लागि साडियो मानेले २ गोल गरे भने मोहमद सलाह र डेनियल स्टुअरेजले एक एक गोल गरेका थिए। 

खेलको १९औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको अन्तिम मिनेटमा मानेले गोल अग्र्दै लिभरपुलको अग्रतालाई दोब्बर पारेका थिए । पहिलो हाफमा २-० को अग्रता हासिल गरेको लिभरपुलले दोस्रो हाफमा पनि २ गोल थपेको थियो।  

खेलको ५३औ मिनेटमा मानेले दोस्रो गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाएका थिए भने सब्स्टिच्यूटको रुपमा खेलको ८८औ मिनेटमा मैदानमा आएको २४ सेकेन्डमै स्टुअरेजले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाएका थिए।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै