• २०८१ बैशाख १२ बुधबार

एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

kharibot

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकमहानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एसके टमोटले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल मुलुकभर २३७ शाखा कार्यालयहरु, २२९ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १७९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२२ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको छ। । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै