• २०८१ बैशाख ७ शुक्रबार

ब्राजिलका रोनाल्डो स्पेनको आइल्याण्डमा अचानक अस्वस्थ, उपचारका लागि अस्पताल भर्ना  

kharibot

काठमाडौँ।  ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो छातीमा समस्या भएपछि अस्पतालमा भर्ना भएका छन्।  

४१ बर्षिय रोनाल्डोले अचानक छातीमा समस्या भएपछि हतारमा अस्पतालमा लागिएको स्थानीयमिडिया ले उल्लेख गरेको डेली मेलले लेखेको छ।  रोनाल्डो स्पेनको अबिजा आइल्याण्डको एक अस्पतालमा रहेको र शुक्रबार राति नै उनलाई निजी अस्पतालमा भर्ना गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। 

उनलाई प्नेमोनिया भएको उल्लेख गरिएको छ।  उनी अचानक अस्वस्थ भएपछि अस्पतालमा लगेर इन्सेन्टिभ केयरमा उपचार गरिएको बताइएको छ। 

रोनाल्डो केहि दिन अघि मात्र आफ्नो समर ब्रेकमा सो आइल्याण्डमा आएको र उनी यस आइल्याण्डमा नियमित आउने गरेको उल्लेख गरिएको छ। रोनाल्डो यसअघि २०१२ मा पनि डेंगु बाट पिडित भएका थिए।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै