• २०८१ बैशाख १३ बिहीबार

पचास किलो गाँजा तथा ३५ सय लिटर अबैध मदिरा नष्ट

kharibot

बारा। ईलाका प्रहरी कार्यालय सिमरा बाराले पचास किलो गाँजा र तीन हजार पाँच सय लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

प्रहरीले विभिन्न मिति र स्थानमा नियमित चेक–जाँच तथा छापामारी गरि सो परिमाणको गाँजा र मदिरालाई बरामद गरि आईतवार विहान नष्ट गरेको हो ।
स्थानीय ईलाका प्रशासन कार्यालय सिमरा , वडा अध्यक्ष , बुद्धिजिवि तथा सञ्चारकर्मीहरुको रोह्वरमा स्थानीय दुधौरा खोलामा गाँजालाई जलाएर नष्ट गरेको थियो , भने मदिरालाई खन्याएर प्रहरीले डिस्पोज गरेको थियो ।

गाँजाको तस्करीमा संलग्नहरुलाई कानुनी दायरामा ल्याएर कारावाही अगाडी बढाईएको छ , भने अबैध मदिरा ओसारपसार गर्नेहरुलाई चेतावनी दिएर छोडिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुबाष हमालले जानकारी दिएका छन् ।

हेल्मेट, लाईसेन्स् र व्लू–बुक नबोक्नेलाई चक्लेट पुरस्कार

यसैबिच ईलाका प्रहरी कार्यालय सिमरा तथा ट्राफिक प्रहरी पोस्ट सिमराको संयुक्त आयोजनामा आईतवार विहान सवारी चेक–जाँच गरि पुरस्कार स्वरुप चक्लेट प्रदान गरेको छ ।

सवारी चालकहरुमा जनचेतना पैmलाउँने उद्देश्य सहिँत प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ स्थित डुमरवाना बजारमा मोटरसाईल , टेम्पो , बस लगायतका विभिन्न सवारी साधनको चेक–जाँच गरेको हो ।

चेक–जाँचका क्रममा हेल्मेट नलगाएका , सवारी चालक अनुमती–पत्र तथा ब्लु–बुक नबोक्ने सवारी चालकहरुमा जनचेतना जगाउँदै सांकेतिक जरिवाना स्वरुप प्रति चालक एउटा चक्लेट प्रदान गरेको थियो ।

आजको दिनबाट यस क्षेत्रको विभिन्न गाउँ टोलमा यसरी नियमित चेक–जाँच गरिने र नियक विपरितका सवारी चालकहरुलाई कारावाही स्वरुप जरिवाना काटिने प्रहरी निरिक्षक सुबाष हमालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै