• २०८१ बैशाख ७ शुक्रबार

राणाको निधनमा काँग्रेसले तीन दिन केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने

kharibot

काठमाडौँ।  नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।

साउन २५ गते निधन भएका राणाले निधनमा गहिरो शोक व्यक्त गर्दै राणा लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काँग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार बसेको बैठकले साउन २७, २८ र २९ गते झण्डा आधा झुकाउने, २८ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, भदौ ६ गते केन्द्रीय कार्यालयमा शोक सभा गर्ने कार्यक्रम काँग्रेसले तय गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै