• २०८१ बैशाख ८ शनिबार

जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

kharibot

काठमाडौँ। स्पेनका राष्ट्रिय टिमका सेन्टर ब्याक जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। 

विश्वकपमा अन्तिम १६ मा पुगेर बाहिरिएको स्पेनका लागि अब पिकेले नखेल्ने घोषणा गरेका हुन्।  उनले बार्सिलोनामा आफ्नो खेलमा फोकस गर्न राष्ट्रिय टिम छोडेको बताइएको छ। स्पेन विश्वकपबाट बाहिरिनासाथ पिकेले सन्यास लिने हल्ला चलेको थियो। 

स्पेनका लागि १०२ खेल खेलेका पिके स्पेनले २०१० को विश्वकप र २०१२ को युरोकप जित्दाका महत्वपूर्ण सदस्य थिए। बिचमा पिकेले काटालनलाई खुलेर समर्थन गरेकाले उनको स्पेनको राष्ट्रिय टिमबाट खेल्ने कुरा विवादमा आएको थियो। 

पिकेले आफुले विश्वकप अघि नै आफ्नो निर्णय बारे स्पेनिस फेडेरेशनलाई बताइसकेको बताउदै विश्वकप पछि छोड्नु ठिक भएको बताए। स्पेनिस राष्ट्रिय टिमबाट आन्द्रे इनेस्टाले  पछि सन्यास लिएका थिए।  ३१ बर्षिय पिकेले आफुले स्पेनका प्रशिक्षक लुइस इनरिकसँग यस बारेमा कुरा गरेको बताउदै धेरै अघि नै आफुले यस बारेमा निर्णय गरिसकेको जानकारी दिए।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै