• २०८१ बैशाख ८ शनिबार

प्रिमियर लिगमा टोटनह्यामको विजयी सुरुवात, डेल अलीले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा टोटनह्यामले विजयी सुरुवात गरेको छ।  

शनिबार भएको खेलमा टोटनह्यामले न्युक्यासल युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको विजयी सुरुवात गरेको हो।  जितसँगै टोटनह्यामले तीन अंक बटुलेको छ। 

टोटनह्यामको जितमा जोन भेरटोनघम र डेल अलीले एक एक गोल गरेका थिए भने न्युक्यासलका लागि जोसेलुले गोल गरेका थिए। खेलको ८औ मिनेटमा गोल गर्दै भेरटोनघमले टोटनह्यामलाई सुरुवाती अग्रता दिलाए पनि खेलको ११औ मिनेटमा जोसेलुले गोल गर्दै खेल १-१ गोलको बराबरी गरेका थिए।  त्यसपछि खेलको १८औ मिनेटमा डेल अलीले गोल गर्दै टोटनह्यामलाई २-१ को अग्रता दिलाएका थिए।  

त्यसपछि खेलमा कुनै गोल भएँ र खेल टोटनह्यामले जित्यो। डेल अलीले गोल गरेको खेलमा टोटनह्याम अहिलेसम्म अपराजित रहेको छ।  उनले खेलेका पछिल्ला ३२ खेलमा २६ मा जित र ६ खेलमा बराबरीमा सकिएका छन्।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै