• २०८१ बैशाख ४ मंगलबार

औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने

kharibot

काठमाडौँ।  नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । 

प्राधिकरणले एक सूचनामार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई यही साउन २८ गतेदेखि ३१ गतेसम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२० केभीमा सञ्चालन गर्न लागिएको छ । 

यही साउन २८ गते सोमबारदेखि ३१ गते बिहीबारसम्म स्तरोन्नतिका लागि सो प्रसारण लाइनबाट आयात भइरहेको विद्युत् कटौती हुनेछ । त्यहाँबाट औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको विद्युत् ती दिनमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म दुई घण्टा काटिने प्राधिकरणले जनाएको छ । 

कोहलपुरदेखि दुहबीसम्म ग्रीड र वितरण तथा ग्राहक सेवाका सवस्टेसनबाट औद्योगिक फिडरमार्फत विद्युत् आपूर्ति हुने ग्राहकको विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । 

ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन जडान भएपछि प्रसारण लाइनको समेत क्षमता स्तरोन्नति गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनको क्षमता १३२ केभीबाट स्तरोन्नति गरी २२० केभी बनाइएको थियो । आगामी वर्ष सोही सवस्टेशन ४०० केभीमा रुपान्तरित हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै