• २०८१ बैशाख ६ बिहीबार

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच वार्ता

kharibot

वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

उनीहरुबीच व्यापार साझेदारी, सुरक्षा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्दा तथा मध्यपूर्वका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उनीहरुबीचको वार्तालापमा विश्वमा पछिल्लो समयमा देखिएका विभिन्न खालका चुनौतीहरुको समाधानका लागि समन्वय गरी अघि बढ्ने विषयमा सहमति भएको ह्वाइट हाउसद्वारा जारी गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

इरानको पारमाणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि अमेरिका र इरानबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा नराम्रो देखिएको छ ।

अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणा गरेको छ । यस विषयमा पनि कुराकानी भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै फ्रान्सेली राष्ट्रपतिसँग राम्रो कुराकानी भएको बताए । उनले विशेषगरी व्यापार र सुक्षासम्बन्धमा वार्तालाप भएको पनि आफ्नो ट्वीटर अकाउन्टमार्फत जानकारी दिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै