क्यानडा बन्दूक आक्रमणमा दुई प्रहरीसहित चारको मृत्यु

खरीबोट

मन्टेरियल, क्यानडा । क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहानै ब्रुकसाइडनजिकै दर्जनौँ गोलीको आवाजसँगै आफूहरू ब्युझिएको बताएपछि सुरक्षा अधिकारीले आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेको भन्दै सबै स्थानीयलाई घरभित्रै रहन ट्वीटरमार्फत आग्रह गरिएको थियो ।

आक्रमणकारीबाट स्थानीय मारिएको सूचना आएको करिब एक घण्टापछि प्रहरीले एक जना शङ्कास्पद आक्रमणकारीलाई प्रहरी हिरासतमा लिइसकेको जनाएको छ ।

अहिलेसम्म एक शङ्कास्पद आक्रमणकारीलाई पक्राउ गरी प्रहरी हिरासतमा लिएका छौँ । न्यू ब्रन्सविक प्रान्तको राजधानीमा भएको उक्त आक्रमणको कारण यो समाचार तयार पार्दासम्म थाहा हुन नसकेको तर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

शहरको आवासीय क्षेत्रमा आक्रमण भएको क्यानाडेली टेलिभिजन सीबीसीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरूको समूह तथा अग्नी नियन्त्रक पुगेको सीवीसीले जनाएको छ ।

टेलिभिजनमा प्रहरीले स्थानीयलाई सुरक्षा दिई सुरक्षितस्थलतर्फ लगेको देखाइएको छ ।

विहान सात बजे आफूले शृंखलावद्धरूपमा पटकाको आवाज आएको सुनेको स्थानीय रोबर्ट डिडिओडाटोलाई उद्धृत गरी सीबीसीले जनाएको छ । आवाज बन्दूकबाट गोली चलाएकोजस्तो सुनिएको रोबर्टले बताएका सीबीसीले जनाएको छ ।

घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ । तर क्यानाडाली प्रहरीले घटनामा आइएसको सम्लग्नताको सम्भावनालाई नकारेको छ ।

सम्बन्धित समाचार

क्यानडा बन्दूक आक्रमणमा दुई प्रहरीसहित चारको मृत्यु

मन्टेरियल, क्यानडा । क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहानै ब्रुकसाइडनजिकै दर्जनौँ गोलीको आवाजसँगै

ग्लोबल टि-२० लिग खेल्न सन्दीप आज क्यानडा जादै, पहिलो खेल गुमाउने 

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामीछाने क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्ने ढिलो गरि पुग्ने भएका छन् । गएरातीबाट सुरु भएको ग्लोबल टि-२० लिगका लागि क्यानडा जान सन्दीपको भिसा प्रक्रियाले

क्यानडाको टोरन्टोमा सम्पन्न तेक्वान्दो च्याम्पियनसिपमा प्रद्योतनलाई दुई स्वर्ण

काठमाडौँ । नेपाली खेलाडी प्रद्योतन निरौलाले क्यानडाको टोरन्टोमा सम्पन्न क्यान एम तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण हात पार्न सफल भएको टोरन्टोबाट प्रशिक्षक राजु गड्तौलाले जानकारी गराएका छन् । १९ जेष्ठमा भएको अन्तराष्ट्रिय

क्यानडामा सडक दुर्घटनाबाट १४ जना जुनियर हकी खेलाडीको मृत्यु

ओटावा क्यानडा । क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते