साताको सेयर : कारोवार रकम १४ प्रतिसतले घट्यो, साताभर ९१ करोड ८७ लाखको सेयर कारोबार  

खरीबोट

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६ हजार तीन सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४ दसमलव ६८ प्रतिशत कम हो । 

गत साता एक सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५ हजार तीन सय १० कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा नौ दसमलव २५ अंकले घटेर अन्तिम दिन ११ सय ८० दसमलव ६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दसमलव ८४ अंकले  घटेर दुुई सय ४९ दसमलव १३ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम पाँच करोड ९० लाख ४० हजार रुपैयाँको आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ८५ हजार कित्ताको आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या आठ सय ७७ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 
 

सम्बन्धित समाचार

साताको सेयर : कारोवार रकम ५६ प्रतिसतले बढ्यो, एक अर्ब ४३ करोडको सेयर खरिद बिक्री

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २२ हजार पाँच सय २० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार

नेप्सेमा झिनो सुधार, कारोवार रकम भने बढेर ४५ करोड ५२ लाख नाघ्यो

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से शुन्य दसमलव ६१ अंकले बढेर १२ सय १० दसमलव ३२ बिन्दुमा चढ्दा सेन्सिटिभ भने शुन्य दसमलव शुन्य दुुई अंकले घटेर दुई सय

सेयर बजारमा बैंकहरुको बित्तीय बिवरणको प्रभाव, सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि,सबै सुचक हरियो     

काठमाडौं। यसअघि लगातार घट्दै आएको सेयर बजारमा बैंकहरुको गत आर्थिक बर्षको अपरिष्कृत बित्तीय बिवरणको प्रभाव परेको छ । राष्ट्र बैंकको नियम अनुसार बाँणिज्य बैहरुले त्रैमास सकिएको ३० दिन भित्रमा त्रैमासिक

नेप्सेमा करेक्सन जारी, छ दसमलव ६१ अंकले बढ्दा झण्डै १९ करोडको सेयर किनबेच

काठमाडौँ। सेयर बजारमा आज पनि करेक्सन देखिएको छ । आज मंगलबार नेप्से परिसुचक छ दसमलव ६१ अंकले बढेर ११ सय ८० दसमलव ९८ बिन्दुुमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव ५६ अंकले