जटिल प्रसूति सेवा बन्द हुँदा बच्चा जन्माउन भारत जाने बाध्यता  

खरीबोट

बैतडी।  बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हुँदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् । 

आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिनुका साथै बच्चाभन्दा सालनाल अगाडि रहेको पाइएको र आफूलाई यहाँ उपचार हुन नसक्ने भनेकाले डडेल्धुरा जिल्ला अस्पताल पुगेर बच्चा जन्माउनु परेको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटकी सुनिता विष्टले बताइन् । 

आर्थिक अवस्था राम्रो भएका व्यक्तिले बाहिर गएर पनि उपचार गराउन सक्छन् तर गरीबका लागि भने निकै समस्या भएकाले सम्बन्धित निकायले तत्काल यस विषयमा ध्यान दिनुपर्नेमा सोही स्थानका गणेश विष्टले जोड दिए । 

केही महिनादेखि बिरामी परेका एनेस्थेसिया असिस्टेन्ट दुई महिनाअघि निधन भएकाले एनेस्थेसिया दिइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचार गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । एनेस्थेसिया असिस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागमा लिखित र मौखिकरुपमा जानकारी गराए पनि अहिलेसम्म कुनै पहल नभएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

बैतडीमा स्वास्थ्य बिमा गर्नेको संख्या ६ हजार

बैतडी । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् । जिल्लामा

बैतडीका ग्रामीण सडकहरू अवरुद्ध

बैतडी । केही दिनदेखिको लगातारको बर्षाका बैतडीका ग्रामीण सडकहरु अवरुद्ध छन् । सिल्लेगडा–कटौजपानी सडकखण्ड र मिन्नोलाको ठाउँठाउँमा पहिरो खस्दा १५ दिनदेखि सडक अवरुद्ध बनेको हो । महाकाली यातायातका सिल्लेगडाका बुकिङ कलर्क

मेहनत गरे नेपालमै सुन फल्छ

बैतडी / मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्छन्  । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्थे  । विदेशमा धेरै दुःख गरेर उनले चार

छोरी जन्माउने दुई सय आमालाई प्रोत्साहन भत्ता

बैतडी। छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको