• २०८१ बैशाख ४ मंगलबार

प्रधानमन्त्री ओली र डा.गोविन्द केसीबीच आज भेटवार्ता हुदै 

kharibot

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ डा. गोविन्द केसीसँग छलफल आज छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली र  डा. केसीबीच सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका भेटवार्ता हुन लागेको हो । बिहान ११ बजे बालुवाटारमा हुने छलफलमा चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेै लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

गत मंगलबार डा.केसी ६ दिन लामो आइसीयुको बसाई  र १३ दिनको अस्पताल बसाई पश्चात् गत मंगलबार पत्रकार सम्मेलन गरेर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

गत साउन १० गते अनसन गरेको २७औ दिन सरकारसँग ९ बुँदे सहमति गरेपछि अनसन तोडेका डा.केसीले सरकारलाई आफूसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराउदै सहमति तलमाथि गरिए फेरी संघर्ष गर्ने चेतावनी दिएका थिए।  उक्त सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता समेत भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै