म बुढाे भए प्रिया
न बोल्न सक्छु
न हाँस्न सक्छु
एउटा कुनामा बसेर
झोक्रीएर बसेको छु
जीवनलाई सम्झेर हेर्दा
आज म धेरै बुढाे भइसकेछु
केश फुलेछन् ,दाह्री फुलेछन्
शरीर लल्याक लुलक भएछ
एउटा कुर्सीमा बसेर
तिम्रो माया र प्रेम हेर्दै छु
अनि सोच्दै छु
तिम्रो हातहरु
अझै पनि कोमल छ
उही मनोमहक पार्ने आवाज छ
कति मिठो छ
मत बुढाे भइसकेछु
तिमी त जस्ताको त्यस्तै लाग्छ
मलाई त सबैले बुढाे भन्छन्
थोते भन्छन्
मेरो खोकी देखेर हाँस्छन्
जवानीमा चुरोट खाएँ अरे
मदिरा पिएँ अरे भन्दै
कुरा काट्छन् मेरा आफुन्त र
साथीहरूले
म त बुढाे भएछु प्रिया
न मेरो सपना छ
न आाकांक्षा नै छ
यही कुर्सीमा बसेर
विगतलाई हेर्दै छु
अहो ! म कति
फरक भएछु
कति परिवर्तन भएछु
हो , हेर्दाहेर्दै म बुढाे भएछु ।
-अमित संग्रौला बिर्तामोड , झापा हाल युएई