• २०८१ बैशाख १३ बिहीबार

लियोनेल मेसी बने बार्सिलोनाको नयाँ कप्तान 

kharibot

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी बार्सिलोनाका पनि कप्तान बनेका छन्।  

आन्द्रे इनेस्टाले बार्सिलोना छोडेपछि मेसीलाई बार्सिलोनाले नयाँ कप्तान बनाएको हो। मेसी २०१५ देखि नै बार्सिलोनाको उपकप्तान थिए। बार्सिलोनाको नयाँ उपकप्तानमा सर्जियो बसक्वेट बनेका छन् भने जेरार्ड पिके र सर्जियो रोबोर्ट चार जनाको नयाँ लिडरसिपमा परेका छन्।

बीचमा पटक पटक बार्सिलोनाको कप्तानी मेसीले गरेपनि अब नियमित कप्तान बनेका हुन् । मेसी आफ्नो कप्तानीमा बार्सिलोनालाई पहिलो उपाधि जिताउने उद्देश्यसहित आइतबार राती स्पेनिस सुपरकोपाको फाइनल खेलेर यस सिजनको सुरुवात गर्दैछन् ।  

बार्सिलोनाले स्पेनिस सुपरकोपाको फाइनल सेभिल्लासँग खेल्दै छ । स्पेनिस सुपरकोपा गत सिजनको ला लिगा विजेता र कोपा डेल रे विजेता टिमसँग खेलिने भए पनि दुवै उपाधि अघिल्लो सिजनमा बार्सिलोनाले जितेको हुनाले कोपा डेल रेको उपविजेता सेभिल्लासँग बार्सिलोना सुपरकोपाको फाइनल खेल्न लागेको हो।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै