• २०८१ बैशाख ७ शुक्रबार

नाजिब विरुद्धको मुद्धामा फेब्रुअरीमा सुनुवाई हुने

kharibot

क्वालालमपुर। मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लागेको भ्रष्टाचारसम्वन्धी मुद्दामा आउँदो फेब्रुअरीमा मात्रै सुनुवाई हुने भएको छ । 

ठूलो परिणाममा आर्थिक दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोग लागेका नाजिबको सुनुवाई फेब्रुअरीमा सुरु हुने अदालतले शुुक्रबार जनाएको हो । 

एउटा कल्याणकारी कोषमा संकलन भएको सम्पत्तिलाई दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र शक्तिको गलत प्रयोग गरेकोलगायतका आरोपहरू ६५ बर्षीय नाजिबमाथी लगाइएको छ । 

उनलाई आर्थिक अपचलनसम्वन्धी तीनमुद्दासहित कुल सात ओटा मुद्दा लगाइएको छ । अनुसन्धानका लागि केही दिन पक्राउ पर्नुभएका नाजिब अहिले भने धरौटीमा रिहा भएका छन् । 

उनलाई अघिल्लो महिना गिरफ्तार गरिएको थियो । उनले भने आफुलाई लगाइएका सवै आरोपहरूको पूर्वाग्रही भएको भन्दै अस्वीकार गर्दै आएका छन् । 

गत निर्वाचनबाट विजयी भएर प्रधानमन्त्री बनेका ९३ बर्षीय नयाँ प्रधानमन्त्री महाथिर मोहमदले भ्रष्टाचार फैलाउन नाजिबको ठूलो भूमिका रहेको बताउदै भ्रष्टाचार विरुद्ध आफुले शसक्त रुपमा काम गर्ने अठोट लिएका छन् । 

उच्च अदालतका न्यायाधीश मोहमद नाज्लान मोहमद घाजालीले फेब्रुअरीको १२ देखि २८ तारिख सम्म र मार्चको ४ देखि २९ तारिखसम्म नाजिबको सुनुवाई हुने मिति तय गरिएको जानकारी दिनुभएको छ । न्यायाधिवक्ताहरूले झण्डै ५० जना साक्षीहरूलाई बोलाउने अपेक्षा गरिएको छ । 

उनीमाथि करिब चार करोड २० लाख मलेसियाली रिंगीट (एक करोड तीन लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएकाले सो आरोप प्रमाणित भएमा उहाँले १५ वर्ष जेल बस्नुपर्नेछ ।     
मलेसियाली सरकारले पनि उहाँ प्रधानमन्त्री रहँदा उनले नै स्थापना गर्नुभएको ‘वन एमडिबी’ नामको आयोजनामार्फत उहाँले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै