जाजरकोट पहिरोमा परी बेपत्ता गोविन्द परियारको शव छ दिनपछि भेटियो

खरीबोट

जाजरकोट। यहाँको भेरी नगरपालिका–३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका–३ का १२ वर्षीय गोविन्द परियारको शव आज फेला परेको छ । 

घटनाको छैटाँै दिन उहाँको शव फेला परेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउनुभयो । गत आइतबार पहिरोमा पुरिएका आठको शव निकालिसकेको छ । पहिरोमा बेपत्ता भएका गोविन्द नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका थिए । 

घरमा गृहकार्य गरिरहेको बेला आइतबार बिहान आएको पहिरोले उनलाई घरसँगै पुरेको थियो । उनका भाइ गोविन्दको पनि पहिरोमा परी मृत्यु भएको थियो । आमाबाबु सानैमा गुमाएका उनीहरु दिदीसँग सदरमुकामस्थित गोपाल सुनारको घरमा भाडामा बस्दै आएका थिए । 

मृतककी दिदी काममा गएकी र भाइ पानी लिन गएकाले उनीहरु बाँच्न सफल भएका थिए । पहिरोमा पुरिएका एकलाई भने जीवितै उद्धार गरिएको थियो । पहिरोमा परी आठ बालबालिकासहित नौको ज्यान गएको छ । 

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि सयौ स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ

जाजरकोट। बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ ।    पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयौ स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ

जाजरकोटमा खोलाले बगाएर एकको मृत्यु, अधिकांश क्षेत्र डुबानमा  

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा–७ दानीपिपलमा खोलाले बगाएर बुधबार बिहान ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ । खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पु¥याएपछि स्थानीयवासीले शाहीको शव

जाजरकोटमा बाढीले झोलंगे पुल बगायो !

जाजरकोट नलगाड नगरपालिका–५ कालिमाटीमा झुम्रे खोलामा बाढी आउँदा पुल र घुहारामा रहेको झुम्रे खोलाकै अर्को झुलुङ्गे पुल बाढीले बगाएको छ । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

जाजरकोटमा पहिरोले दुई घर पुरिए, पांच जोखिममा

जाजरकोट । नलगाड नगरपालिका–१२ ठूलाबगरमा मंगलबार बिहान पहिरोले दुई घर पुरिएको छ । स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अन्य