नेपाली यू-२३ टिमको अभ्यास खेलमा दोस्रो हार

खरीबोट

काठमाडौँ। ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ । 

शुक्रबार अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ । 

यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो । 

एशियन गेम्सको समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूह चरणको अन्तिम खेल खेल्नेछ । 

सम्बन्धित समाचार

राष्ट्रिय फुटबल टोली अभ्यासका लागि थाइल्याण्ड प्रस्थान, यस्तो छ एसियन गेम्स र साफ च्याम्पियनसिपको तालिका 

काठमाडाैं।  इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स र बंगलादेशमा हुने १२औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेलका लागि आज थाइल्याण्ड प्रस्थान गरेकाे छ । साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोली

मुख्य प्रशिक्षक कोजीलाई ‘ओभर स्टे’ को आरोपमा निष्काशित  

काठमाडौं । ‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ।  अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद

पुर्वकप्तान सागर थापासहित ६ जनालाई विशेष अदालतको सफाइ

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टिमका पुर्वकप्तान सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र

ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । आगामी असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि मूख्य प्रशिक्षक