मलेसियन प्रिमियर लिगमा सागर पुनले हाने दोस्रो शतक 

खरीबोट

काठमाडौँ।  मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले शतक प्रहार गरेका छन्।

मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले क्वालालाम्पुरका लागि शतकीय पारी खेलेका हुन्।

 सागरले आफ्नो शतकीय पारीमा ११८ बल खेल्दै ९ चौका प्रहर गरेका थिए। । क्वालालाम्पुरले निर्धारित ५० ओभरमा सगरको शतकसहित ३०५ रन बनाएको छ ।

क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन  बनाए।  ११ बल खेलेका शेखले ३ चौकासहित २० रन बनाएका हुन्।

सेलाङ्गोरविरुद्धको यो खेल क्वालाम्पुरले खेल १२२ रनले जितेको छ। 

यस खेलसँगै सागरले मलेसियन प्रिमियर लिगमा अहिलेसम्म  ९ खेल खेल्दै २ शतक र १ अर्धसतकसहित ४४२ रन बनाएर मलेसियन प्रिमियर लिगमा अहिएलेसम्म सर्वाधिक रन बनाउने खेलाडीका रूपमा रहेका छन् । साथै सागरले ९ खेलमा ९ विकेट पनि लिएका छन्। 

सागर खेलेको टिम क्वालालाम्पुर  मलेसियन प्रिमियर लिगको अंक तालिकामा पनि शिर्ष स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

सागर पुन बने मलेसियन प्रिमियर लिगको उत्कृष्ट ब्याट्सम्यान,  क्वालालम्पुरलाई जिताए उपाधि 

काठमाडौँ। मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि नेपाली खेलाडी सागर पुन र आशिफ शेख खेलेको टिम क्वालालम्पुरले जितेको छ । अाइतबार भएको फाइनलमा युनिभर्सिटी किवानसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले उपाधि

मलेसियन प्रिमियर लिगमा सागर पुनले हाने दोस्रो शतक 

काठमाडौँ।  मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले शतक प्रहार गरेका छन्। मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले

एमसीसी र नेदरल्याण्डस टुरका लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको छनौट, को को परे ?

काठमाडौं । आगामी जुलाई २९ मा लर्ड्स मैदानमा हुने टि-२० र नेदरल्याण्डससँगको सिरिजको लागि १५ सदस्यीय क्रिकेट खेलाडी छनौट गरिएको छ ।  एमसीसी र नेदरल्याण्ड टुरकालागि विकेट किपर ब्याट्सम्यान सुवास खकुरेल

पोखरा प्रिमियर लिगको घोषणा, आगामी कार्तिकमा आयोजना हुने 

काठमाडौं । नेपालमा अर्को टि-२० क्रिकेट हुने भएको छ । सुन्दर नगरी पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल–२०१८, को आयोजना हुने भएको छ । आज एक कार्यक्रमका बीच पिपिएल-२०१८ को