• २०८१ बैशाख ८ शनिबार

मेलानिया ट्रम्पका बाबुआमाले अमेरिकी नागरिकता लिए

kharibot

न्यूयोर्क। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासन सम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताए । 

नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो होइन भन्ने उनले जानकारी दिएनन् । 

ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् । अमेरिकी नागरिकता लिएका कतिपय मुलुकका नागरिकले आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गर्दै स्थायी आवासीय अनुमति दिलाउने र पछि नागरिकता लिने गर्दा अमेरिकामा बिदेशीको संख्या बढेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । 

राष्ट्रपति ट्रम्पले बिदेशीका कारण रोजगारी गुमेको र राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना भइरहेको बताएका छन् । योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्ने उनको जोड छ । 

स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ । अवकाश जीवन बिताइरहेका उनीहरु दुवै ज्यादाजसो अमेरिकामै बस्दै आएका छन् । उनीहरु छोरी मेलानीया र नाति ब्यारोनसँग रमाइरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै