सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न नेपाली काङ्ग्रेसको माग

खरीबोट

राजविराज / नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । 

उक्त पार्टीको जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नहुँदा यहाँका कृषक मारमा परेको भन्दै सो माग गरिएको बताए । 

जिल्लामा देखिएका विभिन्न समस्या समाधान हुन नसकेको, जिम्मेवार पदमा बसेकाले प्रभावकारी अनुगमन गर्न नसकेको र विकास निर्माणका योजनामा आर्थिक अनियमितता भइरहेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी दिए । जिल्लामा तीनै तहबाट भइरहेका विकास निर्माणका कार्यको समितिमबाट प्रभावकारी अनुगमन हुनुपर्नेमा समेत सभापति यादवले जोड दिए । 

पत्रकार सम्मेलनमा स्थानीय नेता ध्रुव देवले राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाए । नगरपालिकाले पूर्वसूचना बिना आफ्नो घर तोडफोड गरेको बताउँदै उनले भित्री सडक बिस्तारका नाममा आफ्नो घरलाई मात्र लक्षित गरी तोडफोड गरिएकामा आपत्ति पनि जनाए । 

पँैसठ्ठी प्रतिशत धान रोपाइँ 

साउनको अन्तिम सातासम्ममा सप्तरीको ६५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । 

यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नभएको र १५ दिन अगाडिको वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले खेतीयोग्य जमीन डुबानमा परेका कारण जिल्लामा ३५ प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

यहाँका किसानले सधैँ आकाशे पानीको भरमा खेती गर्नुपर्दा पनि सरकारले सिँचाइको उचित व्यवस्था गर्न नसकेका कारण अधिकांश खेतीयोग्य जमीन बाँझै रहने गरेको सम्बद्ध कृषकको भनाइ थियो । 

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साउनको अन्तिम समयमा ४१ हजार ५०० हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिए । 

मुलुककै पुरानो नहरका रुपमा रहेको चन्द्रनहर जीर्ण भएको र जिल्लामा रहेका अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनालेसमेत खेतीको समयमा खेतमा पानी हाल्न नपाउँदा यहाँ धान रोपाइँ ढिलाइ हुने गरेको कृषकको गुनासो छ । 

त्यस्तै कोशी पश्चिमी नहर वितरण प्रणालीको क्षमताअनुसार १३ हजार ३०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने भएपनि छ हजार ६१६ हेक्टरका लागि मात्र पानी पुग्छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई हजार ५०० हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध हुन्छ । 
 

सम्बन्धित समाचार

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

राजविराज । सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९

गत आर्थिक बर्षमा सप्तरीमा सवारी दुर्घटना अत्यधिक

राजविराज। सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ ।  आर्थिक वर्ष २०७४-७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना

सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न नेपाली काङ्ग्रेसको माग

राजविराज / नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।  उक्त पार्टीको जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार

भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

राजविराज। सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनमा