• २०८१ बैशाख ८ शनिबार

फिल्म 'कथा काठमाण्डौ' को  दोस्रो गीत सार्वजनिक  

kharibot

काठमाडौँ।  फिल्म 'कथा काठमाण्डौ' को  दोस्रो गीत सार्वजनिक भएको छ । केहि दिन अगाडी मात्र पहिलो गीत सार्वजनिक गर्दै असोज १२ लाई रिलिज मिति तय गरेको फिल्मले दोस्रो गीत सार्वजनिक गरेको छ । 

गीतमा फिल्मका तिनै जोडीलाई देखाइएको छ भने यसलाई सुगम पोखरेलले गाएका छन् । पछिल्लो समय रोमान्टिक गीत गायनमा अगाडी रहेको सुगमको गीतमा शब्द ईशा सुब्बाको रहेको छ भने संगीत दिपेश सुब्बाले दिएका छन् । गीतको कोरियोग्राफी पनि फिल्मकै निर्देशक संगीता श्रेष्ठले गरेकी छिन । 

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै्छिन । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको पात्रको लुक्स र काठमाण्डौमा भोगिने केहि घटनाक्रमको प्रतिविम्ब चित्रण गरिएको छ । 

असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मःको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै