आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा

खरीबोट

फाइल तस्विर । 

चितवन  / गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन  । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए । 

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने । एक प्रश्नमा मन्त्री थापाले भने , “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए । 

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको उनले बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने , “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।” 

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको छ भने । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको बताए । 
 

सम्बन्धित समाचार

सुन तस्करीमा संलग्न ठुला माछा छानबिनको दायरामा - गृहमन्त्री थापा 

काठमाडौँ। नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ। गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन नेपालका तस्करी भएको

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा

चितवन  / गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन  । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता

डा. केसीले अनसनबाट अधिनायकवाद लाद्न खोजे – गृहमन्त्री थापा 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले डा. गोविन्द केसीले अनसनको माध्यमबाट अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । बुधबार संघीय प्रतिनिधि सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले डा. गोविन्द केसीले अनसनका भरमा

गृहमन्त्री थापाले राष्ट्रिय सभामा भने - 'अति संवेदनशील केही स्थानमा मात्र निशेधाज्ञा जारी'

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिए ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा गृहमन्त्री थापाले मुलुकमा सुशासन कायम राख्न र