सिपिएलको डेभ्यु खेलमा सन्दीपले लिए २ विकेट  

खरीबोट

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारबियन प्रिमियर लिग (सिपिएल) मा आफ्नो पहिलो खेल खेलेका छन् । 

सन्दीपले सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो बलमा नै वेस्टइन्डिजका चडविक वाल्टनलाई ९ रनमा र चौथो ओभरको दोस्रो बलमा जासन मोहमदलाई १६ रनमा आउट गरेका थिए।

यस अघि सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले पहिला ब्याटिंग गर्दै कप्तान क्रिस गेलको तुफानी ८६ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो।    

नेदरल्यान्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेल पछि सिपिएल खेल्न पुगेका सन्दीपले सिपिएलको पुरा प्रतियोगिता भने खेल्न नपाउने भएका छन्।  आगामी अगस्ट २९ देखि नेपालले एशियन कप क्रिकेट क्वालिफायर खेल मलेसियामा खेल्ने हुनाले सन्दीपले सिपिएलका बढीमा ५ वटा खेल मात्र खेल्न पाउने छन्। नेपालले एशियन कप क्वालिफायरमा अगस्ट २९ मा ओमानको सामना गर्दै छ। क्वालिफायरमा नेपालसहित युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् । क्वालिफायरको विजेताले एशियाकपमा भारत र पाकिस्तानको सामना गर्ने छन्।   

यसअघि पाचौ संस्करण सम्पन्न भएको सिपिएल प्रतियोगिता छैठौ पटक हुदै छ । सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।    

सम्बन्धित समाचार

सन्दीपको उत्कृष्ट बलिङका बाबजुत प्याट्रोयट्स जमैकासँग पराजित 

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा  सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स पराजित भएको छ।  जमैका तल्लावाहाले दिएको १७९ रनको लक्ष्य पछ्याएको प्याट्रोयट्सले २० ओभरमा ९ विकेट गुमाउदै केबल १३१

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो खेलमा लिए २ विकेट   

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) को तेस्रो खेलमा पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन्। जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका छन्।  तो

सिपिएलको दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, प्याट्रोयट्सको पहिलो जित  

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) को दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्धको खेलमा ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका छन् ।    सन्दीपले आफ्नो पहिलो ओभर

सन्दीपको उत्कृष्ट बलिङका बाबजुद प्याट्रोयट्स पराजित 

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स गुयाना वारियरसँग ६ विकेटले पराजित भएको छ।  प्याट्रोयट्सले दिएको १४७ रनको लक्ष्य पछ्याएको गुयानाले १६.३ ओभरमा ४