फिलिप कोटिन्होले बार्सिलोनामा पाए ७ नम्बरको जर्सी

खरीबोट

काठमाडौँ।  बार्सिलोनाका प्लेमेकर फिलिप कोटिन्होले बार्सिलोनामा ७ नम्बरको जर्सी पाएका छन्। 

हाल ७ नम्बर जर्सी लगाइरहेका आरडा टुरानले बार्सिलोना छोडेपछि उनले लगायेको ७ नम्बर जर्सी कोटिन्होले पाएका हुन्। उनले बार्सिलोनामा १४ नम्बरको जर्सी लगाइरहेका थिए भने गत जनवरीमा बार्सिलोना आउनु अघि कोटिन्होले लिभरपुलमा १० नम्बरको जर्सी लगाउने गरेका थिए। 

बार्सिलोनामा ७ नम्बरको जर्सी यसअघि पोर्चुगलका लुइस फिगो, स्पेनका डेभिड भिल्ला, हेनरिक लारसनले ७ नम्बर जर्सी लगाएर बार्सिलोनाका लागि खेलेका थिए। 

गत जनवरीमा बार्सिलोना गएका कोटिन्होले २२ खेल खेलेर अहिलेसम्म १० गोल गरेका छन्। बार्सिलोनामा सन् १९९५/९६ सिजन देखि जर्सी नम्बर फिक्स गर्ने गरिएको थियो।

बार्सिलोनामा सन् १९९५ देखी २००० सम्म लुइस फिगोले ७ नम्बर जर्सी लगाएका थिए। त्यस्तै २००० देखि २००१ सम्म अल्फ़ोन्सो पेरेजले लगाएका थिए।  त्यस्तै जाभियर सभिओलाले २००१ देखि २००४ सम्म लगाएका थिए।  

त्यस्तै २००४ देखि २००६ सम्म हेनरिक लारसनले ७ नम्बर जर्सी लगाएका थिए। त्यस्तै २००६ देखि २०१० सम्म इडुर गुडजोनसन, २०१० देखि २०१३ सम्म डेभिड भिल्ला, २०१३ देखि २०१५ सम्म पेड्रो र २०१५ देखि २०१८ सम्म आरडा टुरानले ७ नम्बर जर्सी लगाएका थिए।   

सम्बन्धित समाचार

घरेलु मैदानमा बार्सिलोनाद्वारा बोका जुनियर पराजित, माल्कमले गरे आफ्नो पहिलो गोल 

काठमाडौँ।  बार्सिलोनाले अर्जेन्टिनी क्लब बोका जुनियरलाई ३-० गोल अन्तरले पराजित गरेको छ। गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको बार्षिक कर्ट्रेन रेजर खेलमा बार्सिलोना विजयी भएको हो।  बार्सिलोनाका लागि माल्कमले आफ्नो पहिलो गोल

स्पेनिस सुपरकोपाको उपाधि बार्सिलोनाले जित्यो, डेम्बेलेले गरे निर्णायक गोल 

काठमाडौँ।  स्पेनिस सुपरकोपाको उपाधि बार्सिलोनाले जितेको छ।  गएराती भएको सुपरकोपाको फाइनल खेलमा बार्सिलोनाले सेभिल्लालाई २-१ ले पराजित गरेको छ।   बार्सिलोनाको जितमा जेरार्ड पिके र ओसमान डेम्बेलेले गोल गरेका थिए भने

जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

काठमाडौँ। स्पेनका राष्ट्रिय टिमका सेन्टर ब्याक जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।  विश्वकपमा अन्तिम १६ मा पुगेर बाहिरिएको स्पेनका लागि अब पिकेले नखेल्ने घोषणा गरेका हुन्।  उनले बार्सिलोनामा आफ्नो खेलमा

लियोनेल मेसी बने बार्सिलोनाको नयाँ कप्तान 

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी बार्सिलोनाका पनि कप्तान बनेका छन्।   आन्द्रे इनेस्टाले बार्सिलोना छोडेपछि मेसीलाई बार्सिलोनाले नयाँ कप्तान बनाएको हो। मेसी २०१५ देखि नै बार्सिलोनाको उपकप्तान थिए। बार्सिलोनाको नयाँ