• २०८१ बैशाख ६ बिहीबार

बङ्गलादेश बैँक र सगरमाथा ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

kharibot

काठमाडौँ । नेपाल बङ्गलादेश बैक र सगरमाथा ईन्स्योरेन्सका बिचमा बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत एस. के. रावलले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै