• २०८१ बैशाख ७ शुक्रबार

गणेश लामालाई अवैध सम्पत्ति जोडेको आरोपमा विशेष अदालतद्वारा एक वर्ष कैद

kharibot

काठमाडौँ। ‘गुण्डा नाइके’ गणेश लामाले एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतले एक वर्ष कैद हुने फैसला गरेको छ ।

सम्पत्ति शुद्धीकरण विभागले लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो।

तर, विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले भने लामाले एक करोड ४० लाख ५० हजार मात्रै अवैध सम्पत्ति जोडेको ठहर गरेको हो।

उक्त सम्पत्ति लामाबाट जफत गर्न पनि अदालतको फैसलामा उल्लेख भएको विशेषका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिएका छन्। लामाका परिवारका अन्य ५ सदस्यलाई भने विशेषले सफाइ दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामालाई नियन्त्रणमा लिएर २०७० साल जेठमा उनीविरुद्ध अनुसन्धान थालेको थियो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै