गणेश लामालाई अवैध सम्पत्ति जोडेको आरोपमा विशेष अदालतद्वारा एक वर्ष कैद

खरीबोट

काठमाडौँ। ‘गुण्डा नाइके’ गणेश लामाले एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतले एक वर्ष कैद हुने फैसला गरेको छ ।

सम्पत्ति शुद्धीकरण विभागले लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो।

तर, विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले भने लामाले एक करोड ४० लाख ५० हजार मात्रै अवैध सम्पत्ति जोडेको ठहर गरेको हो।

उक्त सम्पत्ति लामाबाट जफत गर्न पनि अदालतको फैसलामा उल्लेख भएको विशेषका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिएका छन्। लामाका परिवारका अन्य ५ सदस्यलाई भने विशेषले सफाइ दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामालाई नियन्त्रणमा लिएर २०७० साल जेठमा उनीविरुद्ध अनुसन्धान थालेको थियो।
 

सम्बन्धित समाचार

गणेश लामालाई अवैध सम्पत्ति जोडेको आरोपमा विशेष अदालतद्वारा एक वर्ष कैद

काठमाडौँ। ‘गुण्डा नाइके’ गणेश लामाले एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतले एक वर्ष कैद हुने फैसला गरेको छ । सम्पत्ति शुद्धीकरण विभागले लामाले गुन्डागर्दी लगायत

गणेश लामा पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौंको गौशालास्थित पशुपति भिजनबाट  पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर

पुर्पक्षका लागि गणेश लामा जेल चलान

काठमाडौँ । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि आज जेल चलान गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई

गणेश लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थप

काठमाडौँ  ।  हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ ।  फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा