उपमेयरलाई अधिकार नदिए संघर्ष समिति बनाएर लड्छौं : काठमाडौँ महानगर उपप्रमुख खड्गी 

खरीबोट

काठमाडौं  । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् ।  

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रमुख खड्गीले भनिन्,‘‘मलाईमात्रै होईन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाईएको छ । अब अधिकार प्राप्तिको लागि मेरो नेतृत्वमा संघर्ष समिति बनाउँछु।’

साक्षात्कारमा बोल्दै उनले भनिन्,‘संविधानले दिएको अधिकार हामीले उपयोग गर्न पाउनुपर्छ । अब अधिकारविहीन उप–प्रमुखको काम छैन । देशैभरिबाट उपप्रमुखहरुले मलाई फोनमा समेत गुनासो पोख्नुभएको छ । मैले त अधिकार पाएको छैन । त्यसैले अब म संघर्ष समिति बनाएर अघि बढ्ने पक्षमा छु ।’ 

उनले अधिकार विहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्न उत्तम हुने सुझाव दिईन् । अधिकार नपाएकोमा आक्रोश पोख्दै खड्गीले अघि थपिन्,‘अहिले देशभैरि उपप्रमुख अधिकांश महिला साथीहरु हुनुहुन्छ । उहाँहरुले पनि मैलेजस्तै अधिकार पाउनुभएको छैन । अधिकार नपाए यो पद नै खारेज गरे हुन्छ । मैले यो मेरो लागि भनेको होईन । भोलि आउने उपमेयरको लागि पनि अधिकार हुनुपर्छ भनेको हुँ।’

संविधानले उपमेयरलाई विभिन्न ८ वटा अधिकार दिएको उल्लेख गर्दै आफूले ७ वटा अधिकार ईमानदारपूर्वक उपयोग गरेको बताईन् । उनले भनिन्,‘८ वटामध्ये एउटा अधिकार चाहीँ मैले उपयोग गर्न पाएको छैन । अनुगमन समिति बनाउनुपर्ने छ । मलाई काम गर्ने मौका चाहिएको छ । म सूचारु रुपमा काम गर्न चाहन्छु । सम्पूर्ण अधिकार मेयरसापमा छ । मैले त एक रुपैयाँ पनि बजेट चलाएको छैन।’ 

उपप्रमुख खड्गीले मेयरले चाहने हो भने काठमाडौंका खाल्डाखुल्डीहरु पुरिने समेत जिकिर गरिन् । उनले थपिन्,‘मेयरले चाहने हो भने दशैंअघि नै काठमाडौंका खाल्डाखुल्डीहरु पुरिन्छन् । तर चाहनुपर्यो । म सँग त अधिकार छैन् ।’ रानीपोखरी र धरहराको पूनर्निर्माणमा सम्पदा जोगाउनको लागि आफूले अडान लिएको पनि उनको दाबी थियो । 

समग्र काठमाडौंको विकासको लागि पञ्च वर्षीय गुरुयोजना आवश्यक रहेको पनि उनले बताईन् । उनले भनिन्,‘अहिले त हाम्रो एक वर्षको समय विभिन्न नियम, कानून र ऐन बनाउँदैमा बित्यो । हुन त हामीले भोट माँग्दा घर–घरमा सिंहदरबार पुर्याउँछौं भनेका थियौं, तर अहिले खोई त सिहंदरबार भनेर स्थानीयहरुले सोध्न थाल्नुभएको छ ।’

अहिलेपनि सरकारको मानसिकता स्थानीय तहलाई दिएको अधिकार कटौती गर्ने खालको देखिएको उनको गुनासो छ । उनले भनिन्,‘हाम्रो माग भनेको नै स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने नै हो । यतातिर सरकारको ध्यान जाओस्।’

स्थानीय जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्ने कुरा स्विकार्दै उनले आफूहरु जनभावना अनुसार नै काम गर्न निरन्तर सक्रिय रहेको जिकिर गरिन् । काठमाडौंको विकासको लागि अहिले विभिन्न सरकारी निकायबीच समन्वयको अभाव रहेको पनि उनले गुनासो पोखिन् । उनले भनिन्,‘साँच्चै काठमाडौंको विकास गर्ने हो भने विद्युत, खानेपानी, ढल व्यवस्थापन, टेलिकम र सडकलाई काठमाडौं महानगरपालिका मातहत ल्याउनुपर्छ ।’

काठमाडौंमा धुलो र धुवाँ हुनुको प्रमुख कारण मेलम्ची खानेपानी आयोजना नै रहेको उनको भनाई छ । उनले भनिन्,‘मेलम्चीको कारण अहिले काठमाडौंका सडकहरुको अवस्था अस्तव्यस्त छ । जताततै खनेर छोडिएको छ । चाँडोभन्दा चाँडो काम सम्पन्न हुनुपर्छ ।’

फरक प्रसँगमा उनले स्वीकृति नलिई नक्शा पासविपरित निर्माणधिन अवस्थामा रहेका घरहरुको निर्माण कार्य सम्पन्न गर्नको लागि भर्खरै नगर परिषदको निर्णयले फुकुवा गरेको पनि जनाईन् । उनले भनिन्,‘एकपटकलाई हामीले जरिवाना लिएर काम अघि बढाउन फुकुवा गरेका छौं । अब त्यस्तो नक्शा पास विपरित घर बनाउन पाईँदैन्।’

काठमाडौंको फोहोर व्यवस्थापनको लागि आफूहरुले नयाँ वैकल्पिक स्थानको समेत पहिचान गरिसकेको खड्गीले जनाईन् । उनले भनिन्,‘यसअघि काठमाडौंको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्नेगरि ४ वर्षको लागि सम्झौता गरिएको थियो । तर, अहिले उक्त सम्झौता भएको १४ वर्ष वितिसक्यो । धन्न त्यहाँका जनताले यतिका वर्षसम्म फोहोर व्यवस्थापन गर्न दिए । म त स्वयम् त्यहाँ पुगेर आएकी छु । सरकारले यो विषयमा हेलचेक्र्याँई गरेको छ ।’ 

पछिल्लो केही दिन यता काठमाडौंको फोहोर उठ्न नसक्नुको मुख्य कारण पनि अहिले सिसडोलले फोहोरको भार थाम्न नसक्नु नै रहेको उनले सुनाईन् । उनले थपिन्,‘फोहोरको थुप्रो पानी परेको कारणले बाटोसम्म आईपुगेको छ । अब सिसडोलबाट यसलाई अन्यत्र सार्नुपर्छ ।’ सरकार र लगानी बोर्डबीच फोहोरलाई मोहर बनाउनेगरि नयाँ समझदारी हुन लागेको जनाउँदै उनले भनिन्,‘फोहोर व्यवस्थापनको लागि कामनपाले नयाँ ठाउँ पहिचान गरेको छ । 

बनचरी डाँडामा फोहोर व्यवस्थापन गर्न सकिन्छ, मैले स्थलगत् अध्ययन र अवलोकन समेत गरेर आएँ । अब सरकार र लगानी बोर्डबीच फोहोरलाई मोहोर बनाउनगेरि समझदारी हुँदैछ ।’

सम्बन्धित समाचार

काठमाडौँ महानगरद्वारा स्मार्ट पार्किङस्थल निर्माण प्रक्रिया अघि बढाउदै 

काठमाडौँ।  मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ ।  काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने

उपमेयरलाई अधिकार नदिए संघर्ष समिति बनाएर लड्छौं : काठमाडौँ महानगर उपप्रमुख खड्गी 

काठमाडौं  । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै

काठमाडौँ उपत्यकामा फेरी सडकमा नै थुप्रिन थाले फोहोर

काठमाडौँ। पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहोर सडकमा नै थुप्रिन थालेको छ ।  एक महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न थालेको एक हप्ता नपुग्दै पुनः फोहोर थुप्रिने समस्या देखापरेको हो । सडकको

काठमाडौँ महानगरले आठ आकाशे पुल निर्माण गर्दै, कँहा कँहा बन्दैछन् ? 

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ ।  दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी