अन्तिम कारोवार दिन पनि नेप्से ऋणात्मक : १९ करोडको सेयर किनबेच

खरीबोट

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि सेयर बजार ऋणात्मक देखिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज परिसुचक छ दसमलव ६९ अंकले घटेर ११ सय ८० दसमलव ६३ बिन्दुुमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ३७ अंकले घटेर दुुई सय ४९ दसमलव १३ बिन्दुुमा झरेको छ ।

एक सय ६३ कम्पनीहरुको चार हजार तीन सय ७० वटा कारोवारमा आठ लाख ६९ हजार तीन सय सात कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ करोड ६९ लाख ४५ हजार दुुई सय ३७ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक दुुई दसमलव ११ बिन्दुुले सुधार देखिएको छ । यस बाहेक बाँकी नौ वटा समुहको सुचकमा उच्च बिन्दुुले गिरावट आएको छ। सबैभन्दा बढी घटेको जिवन बीमा समुहको सुचक एक सय दुई दसमलव ८३ अंकले घटेर पाँच हजार सात सय ७१ दसमलव ४० बिन्दुुमा झर्दा तीन करोड २२ लाख ६४ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक पनि तीन दसमलव ३७ अंंकले घटेर एक हजार नौ दसमलव ८२ बिन्दुुमा झरेकोमा पाँच करोड २९ लाख १५ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युत समुहको सुुचक पनि १६ दसमलव ८८ अंकले घटेर १४ सय छ दसमलव ५७ बिन्दुुमा झरेकोमा एक करोड ८० लाख ८६ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक निर्जिवन बीमा, बिकास बैंक, होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८७ पैसाले बढेर सात सय २४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको मल्टीपर्पोस फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ नौ पैसाले घटेर दुुई सय ५० रुपेैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ६७ रुपैयाँमा दुुई करोड १९ लाख ८२ हजार तीन सय १९ रुपैयाँको सेयर कारोवार भएको छ । 
 

सम्बन्धित समाचार

सेयर बजारमा बैंकहरुको बित्तीय बिवरणको प्रभाव, सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि,सबै सुचक हरियो     

काठमाडौं। यसअघि लगातार घट्दै आएको सेयर बजारमा बैंकहरुको गत आर्थिक बर्षको अपरिष्कृत बित्तीय बिवरणको प्रभाव परेको छ । राष्ट्र बैंकको नियम अनुसार बाँणिज्य बैहरुले त्रैमास सकिएको ३० दिन भित्रमा त्रैमासिक

नेप्सेमा करेक्सन जारी, छ दसमलव ६१ अंकले बढ्दा झण्डै १९ करोडको सेयर किनबेच

काठमाडौँ। सेयर बजारमा आज पनि करेक्सन देखिएको छ । आज मंगलबार नेप्से परिसुचक छ दसमलव ६१ अंकले बढेर ११ सय ८० दसमलव ९८ बिन्दुुमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव ५६ अंकले

सेयर बजारमा झण्डै ११ अंकको बृद्धि, कारोवार रकम भने अघिल्लो दिनको तुुलनामा घट्यो

काठमाडौं। यसअघि लगातार घट्दै आएको सेयर बजारमा साताको दोस्रो कारोवार दिन आज सोमबार भने सुधार आएको छ । सेयर बजार परिसुचक आज १० दसमलव ४३ अंकले बढेर ११ स.य  ७४ दसमलव

बीमा समुहको सुुचक उच्च अंकले घट्दा नेप्से प्रभावित

काठमाडौं। जीवन तथा निर्जिवन बीमा दुुबै समुहको सुचकमा उच्च बिन्दुुले गिरावट आएपछि आज आईतबार  सिंगो सेयर बजार प्रभावित बनेको छ । आज निर्जिवन बीमा समुहको सुचक एक दसमलव पाँच दसमलव ७४