• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि १५ सदस्यीय विशेष समिति गठन

kharibot

बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ ।

बिहीबार बसेको प्रदेश सभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

समितिले आगामी तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नामाकरणबारे अध्ययन गरी प्रदेश सभामा प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोकिएको छ ।

समितिमा तुल्सी चौधरी, रमा अर्याल, कल्पना पाण्डे,निर्मला क्षेत्री, चेतनारायण आचार्य, विष्णु पन्थी, सहषराम यादव, वीरबहादुर राना, नारायण आचार्य, भुवनेश्वरी चौधरी, दीपेन्द्रकुमार पुन, तारा जीसी, दिनेश पन्थी, सरस्वती गौतम र बाबुराम गौतम रहेका छन् ।

समितिले जस्तो प्रतिवेदन बुझाएपनि प्रदेश नामाकरण र स्थायी राजधानीको अन्तिम टुंगो भने प्रदेश सभाको दुई तिहाई वहुमतले निर्णय गर्ने संवैधानिक व्यवसथा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै